banner news

सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-न्युजभित्तो

जनकपुरधाम, ७ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ ।  कार्यालयले सूचना जारी गरी सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जनाउँदै आगामी साउन ७ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै
-न्युजभित्तो

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा छलफल गर्दै हुनुहुन्छ । छलफलमा सङ्घका अध्यक्ष दीपक बास्कोटा,...

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-न्युजभित्तो

जनकपुरधाम, ७ साउन । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ ।  धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको...

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
-न्युजभित्तो

गण्डकी, ७ साउन । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका...

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन: पशु सेवा विभाग
-न्युजभित्तो

चितवन, ७ साउन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको...

सहयोग मागेर क्षति भएका संरचना पुननिर्माण
-न्युजभित्तो

चितवन, ७ साउन । जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुरस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरभित्र सेवाग्राहीका लागि खानेपानीको व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र...

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ६ साउन । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले आज यहाँ आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.०...

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ६ साउन । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका–६...

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-न्युजभित्तो

चितवन, ६ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताउनुभएको छ ।   नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उहाँले सो धारणा राख्नुभएको...

विभिन्न कार्यक्रम गरी ४४औँ बिपी स्मृति दिवस मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज देशका विभिन्न स्थानमा ४४औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका बिपीको विसं २०३९ साउन ६ गते निधन भएको...