सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहयोग मागेर क्षति भएका संरचना पुननिर्माण


  •    न्युजभित्तो/७ श्रावण २०८३, बिहीबार ११:२३ 
  • चितवन, ७ साउन । जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुरस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरभित्र सेवाग्राहीका लागि खानेपानीको व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुनर्निर्माण पनि सहयोग गर्नुभएको थियो ।

    कार्यालय प्रमुख निरबहादुर दाहालले ती संरचनाबाट सेवाग्राहीलाई थप सहज हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलनपछि सरकारी कार्यालयलाई दाताको सहयोग मागेरै पूर्वाधार निर्माण गरिरहेको जानकारी दिनुभयो । सङ्घका निर्वतमान अध्यक्ष शर्माले कार्यालय आउने सेवाग्राहीलाई खानेपानीको समस्या नहोस् भन्ने मनसायले संरचना निर्माणमा सहयोग गरेको बताउनुभयो । जेनजी प्रदर्शनमा जिल्लामा क्षति भएका केही संरचनाको पुनर्निर्माण जारी छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.