राष्ट्रिय
काठमाडौं, १३ माघ । काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन् । भोलि (शुक्रबार) बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर्ने जनाइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा...
भक्तपुर, १३ माघ । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा परेकी...
वीरगञ्ज, १३ माघ । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ वटा क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान...
झापा, १३ माघ । राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ । विर्तामोडको...
चितवन, १३ माघ । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४...
काठमडौँ, १३ माघ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेत्रबिक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन्। विद्यार्थीहले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन्। तस्बिर : न्युज कारखाना ...
इलाम,१३ माघ । आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको...
काठमाडौं,१३ माघ । शंखरापुरमा निस्सासिएर श्रीमान-श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निस्सासिएर ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो । उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र...
कास्की, १३ माघ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हँुदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको...
काठमाडौँ, १३ माघ। केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको जनसंख्या विवरण सार्वजनिक गरेको छ । ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको...













