सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिको झड्का शेयरबजारमा, नेप्सेमा १०१ अङ्कको पहिरो


  •    न्युजभित्तो/१ फाल्गुन २०७८, आईतवार १६:०० 
  • काठमाण्डौं, १ फागुन । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ ।

    धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रतिशतले घटेर दुई हजार ७००.३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अङ्कले ओरालो लागेर ५११.६६ मा आएको छ ।

    आजको कारोबारमा कूल २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । जसमा बैंकिङ ४२.६६, व्यापार ६८.२३ होटेल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत् १८४.८८, वित्त ११२.१४, निर्जीवन बीमा ५५२.५४, उत्पादन ३३५.७१, लघुवित्त १८६.३६, जीवन बीमा ६०४.८८, लगानी ४.८ अन्य ७३.२५ र सामूहिक लगानी कोष ०.१५ अङ्कले ओरालो लागेको छ ।

    कारोबार रकमका आधारमा आज अप्पर तामाकोसी कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु ३२ करोड ८४ लाख आठ हजार ९४४ बराबरको कारोबार भयो । यस्तै अरुणभ्याली हाइड्रोपावर रु २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक रु २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर रु २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको रु २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे भए ।

    आजको कारोबारमा कूल २२७ कम्पनीमध्ये २२१ कम्पनीका शेयरमूल्य घटेका छन् । कारोबार भएकामध्ये अप्पर तामाकोसीको शेयरको मूल्य सबैभन्दा धेरै ९८.३७० प्रतिशतले घटेको छ । त्यस्तै यस दिनको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक ८.२६, शिवश्री हाइड्रोपावर ७।७५, विन नेपाल लघुवित्त वित्तीय संस्था ७.५९ र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.५२ प्रतिशतले गुमाए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.