महाअभियोग अनुचित, चुनाव भाँड्ने षड्यन्त्र : अध्यक्ष ओली
न्युजभित्तो/१ फाल्गुन २०७८, आईतवार १२:३९
काठमाडौं, १ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै सत्ता गठबन्धनको यो कदमको निन्दा गर्नुभएको छ । संसदमा महाअभियोग दर्ता भएलगत्तै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै अध्यक्ष ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको बताउनुभयो ।
अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुँडल्ने र रोक्ने षड्यन्त्रको एउटा हुनसक्ने आशंकासमेत गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो “सत्तापक्ष र प्रतिपक्षकाबीचको सम्बन्धको तनाव शीथिल हुँदै गरेका बेला फेरि तनावग्रस्त बनाउने र वातावरण विथोल्ने षड्यन्त्रबाट यो महाअभियोग ल्याइएको छ । यो लोकतन्त्रविरुद्धको धरै गम्भीर कदम हो । अर्को भाषामा भन्ने हो भने गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।” अध्यक्ष ओलीले एमाले यस्ता षड्यन्त्रको विपक्षमा रहेको समेत प्रष्ट पारेका छन् ।