राष्ट्रिय

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
-न्युजभित्तो

काठमाडौँ, २६ असोज । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो । उद्धारपछि आज...

इजरायलबाट २५० जना नेपाली विमान चढे, राति काठमाडौं आइपुग्ने
-न्युजभित्तो

काठमाडौं, २५ असोज । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण...

अब अनलाइनबाटै लाइसेन्स नवीकरणको शुल्क तिर्न सकिने
-न्युजभित्तो

काठमाडौं, २५ असोज । बागमती प्रदेशमा लाइसेन्स नवीकरणको शुल्क बुधबारबाट अनलाइनबाटै तिर्न सकिने भएको छ। यातायात व्यवस्था विभागले बुधबारबाट लागू हुने गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ। विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार हाल यो सेवा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट...

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने
-न्युजभित्तो

काठमाडौँ, २५ आश्विन । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको...

इजरायल–हमास युद्ध: तेलको भाउमा कस्तो पर्ला असर ?
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच युद्ध सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा फेरबदल देखिन थालिसकेको छ । युद्धले मध्यपूर्वमा तेलको उत्पादनमा कस्तो प्रभाव पार्ला भन्नेबारे अड्कलबाजी बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिन थालेको...

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा
-न्युजभित्तो

मलेखु (धादिङ), २३ असोज। गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै...

इजरायल सरकारको सहयोगमा ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो
-न्युजभित्तो

काठमाडौं,  २३ असोज। इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। परराष्ट्र मन्त्री एनपी साउदका अनुसार बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको छ। ‘५५ जना...

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित
-न्युजभित्तो

बेदकोट, (कञ्चनपुर) २२ असोज । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो । शनिबारपछि छोरासँग सम्पर्क नभएकाले...

सुनको मूल्य एकैदिन तोलामा एक हजारले बढ्यो
-न्युजभित्तो

काठमाडौ,  २२ असोज । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहको...

मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने सरकारको तयारी
-न्युजभित्तो

काठमाडौँ, २२ असोज। सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल...