सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित


  •    न्युजभित्तो/११ चैत्र २०८०, आईतवार ११:२३ 
  • म्याग्दी, ११ चैत । गाउँघरमा साथीभाइ, आफन्त भेला भएर गामबेँसीका मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन क्रमशः लोभ भएसँगै अध्यात्म, मनोरञ्जन, रङ र आत्मीयताको पर्व होलीको महत्व पनि हराउँदै गएको बुढापाकाले बताएका छन् । साथै उनीहरूल फाुगुको मौलिकता मासिएकामा पनि चिन्ता व्यक्त गरेका छन् ।

    सहरबजारमा मात्र होइन, गाउँघरमा पनि फागुको महत्व हराउँदै गएको ज्येष्ठ नागरिकहरू बताउँछन् । “फागुमा गाइने गीत अब एकादेशको कथामा परिणत भएका छन् । भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ”, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्नुहुन्छ ।

    “पहिले–पहिले फागुपूर्णिमा आउनुभन्दा दुई–तीन दिनअघिदेखि नै मादल, झ्याली, मुर्चुङ्गा, खैँजडीलगायत विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले दुई–चार दिनअघिदेखि नै लोला हान्ने र होलीको नाममा पानी र के–के भरेर बन्दुक जस्तो पिचकारीबाट पानी छ्याप्न गर्छन् ।”

    “गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, सहरबजारको हावा गाउँमा छिरिसकेको छ”, पण्डित नीलकण्ठ आचार्यले भन्नुभयो, “अब भक्त प्रह्लाद र फूपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रह्लादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस् ।”

    फागु ‘होली’मा परिणत भएपछि यो युवापुस्तामा मात्रै सीमित रहेको छ । उमेर ढल्केका र वृद्धवृद्धामा फागुको कुनै रौनक देखिँदैन । यस पर्वलाई विशेषगरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन् ।

    फागु रङ दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृतिले नै गोली खाएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । आफ्नो मौलिक परम्परा, प्रचलित संस्कार र संस्कृतिभन्दा विपरीत किसिमल भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढेकामा उनीहरू खिन्न छन् ।

    विगतमा मनाइने ‘फागु’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय वृद्धवृद्धाहरूको भनाइ छ । “पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायत वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो”, सिङ्गाका ७२ वर्षीय गणनाथ पौडेलले भन्नुभयो, “अहिले मोबाइलमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलु प्रहार गर्ने, फोहर पानी खन्याइदिने, होलीको नाममा जे गरेपनि हुने जमाना आयो ।”

    “अहिले होली संस्कार, संस्कृति जोगाउनेभन्दा पनि रमाइलो गर्ने, साथीभाइ भेट भएर वनभोज खाने पर्वका रूपमा मनाइने गरिन्छ”, २१ वर्षीय युवा प्रदीप पुनले भन्नुहुन्छ, “जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ अहिलेका युवा त्यसैगर्न चाहन्छन् ।”

    समय परिवर्तनसँगै भएको मौलिक संस्कृतिको क्षयीकरण रोक्न बेलैमा सचेत नहुने हो भने मौलाउँदै गएको विकृतिले एक दिन भयानक अवस्था सृजना गर्ने बताउँदै स्थानीय बुद्धिजीवीले समाजका सबै वर्ग मिलेर संस्कति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
    सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
    वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
    • मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
    • ्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
    • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.