सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्षैपिच्छे तापक्रम बढ्दै जाँदा पृथ्वी सङ्कटमा पर्ने राष्ट्रसङ्घको चेतावनी


  •    न्युजभित्तो/७ चैत्र २०८०, बुधबार ११:२५ 
  • काठमाडौँ, ७ चैत । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । वर्षैपिच्छे पृथ्वीको तापक्रम बढेसँगै सन् २०२३ अहिले सम्मकै तातो वर्ष रहेको पुष्टि भएको थियो । यस वर्ष अघिल्लो वर्षको रेकर्ड पनि तोडिने राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन ९डब्ल्युएमओ० को प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

    प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याएर द्रुत गतिमा परिवर्तन भइरहेको बताउनुभएको खबरमा उल्लेख छ । गएको वर्ष पृथ्वीको नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको थियो ।

    यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो । यसअघि सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा सहभागी राष्ट्रहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न प्रयास गर्न सहमत भएका थिए । २०२३ मा विशेषगरी समुद्रको तातोपन र समुद्री बरफको कमीका कारण उच्च तापक्रमको सामना गर्नु परेको थियो ।

    राष्ट्रसङ्घीय मौसम विज्ञान सङ्गठनको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।

    जलवायु परिवर्तनले विश्वभर बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता समस्या निम्तिरहेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सौर्य, वायु र जलविद्युतमा जस्ता नवीकरणीय ऊर्जा उत्पादनमा ५० प्रतिशतले वृद्धि हुनुलाई आशाको किरणका रूपमा प्रस्तुत गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.