सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाभाइरस : इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन


  •    न्युजभित्तो/२७ फाल्गुन २०७६, मंगलवार १३:३८ 
  • रोम । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

    इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६६ बाट बढेर चार सय ६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्।

    इटलीका २० वटै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यसअघि सङ्क्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको थियो।

    प्रधानमन्त्रीले के भने ?
    इटलीका प्रधानमन्त्री कोन्टेले प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताउनुभएको छ। आफ्नो टेलिभिजन सम्बोधनमा उहाँले भन्नुभयो, ‘अब हामीसँग धेरै समय छैन।’

    प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताउनुभयो । सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्यौँर् र अपनाइएका थप उपायहरू पालना गर्र्यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।’

    अँध्यारो क्षण
    त्यसैले आफूले सबै नागरिकको स्वास्थ्यको सुरक्षा गर्न थप कडा कदम चालेको प्रधानमन्त्री कोन्टेको भनाइ छ । प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको जानकारी दिनुभयो। विद्यालय र विश्वविद्यालयहरू अप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्।

    यसअघि एउटा समाचारपत्रलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कोन्टेले भन्नुभएको थियो, ‘मैले विन्स्टन चर्चिलको पुरानो भनाइ सम्झिरहेको छु– ‘यो हाम्रो सबैभन्दा अँध्यारो क्षण हो तर हामी सफल हुनेछौँ।’

    सरकारी प्रतिबन्धलाई प्रधानमन्त्रीले ‘म घरभित्रै बस्छु’ भन्ने अभियानको रूपमा प्रस्तुत गर्नुभएको छ । बीबीसीबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.