सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै


  •    /२१ बैशाख २०७६, शनिबार १५:४३ 
  • चितवन :

    विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् ।

    सडक विभागका उपआयोजना निर्देशक इन्जिनीयर सुरेश पौडेलका अनुसार नक्साङ्कनका समयमा पाँच ठाउँमा भूमिगत मार्ग राख्ने व्यवस्था गरिएको भए पनि पछि अध्ययन गरेर मात्र ठाउँ र सङ्ख्या यकिन गर्ने गरी काम भइरहेको छ । सडकका वन क्षेत्रमा क्यामेरा ट्यापिङमार्फत अध्ययन भइरहेकाले तीन महीनाभित्रमा ठाउँ र सङ्ख्या यकीन हुने उहाँले बताउनुभयो ।

    जनावरअनुसार भूमिगत मार्गको आकार पनि अध्ययनपछि तय गरिँदैछ । हालै मात्र पौडेलसहित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाललगायतको टोली भूमिगत मार्गको अध्ययनका लागि अष्ट्रेलिया गएको थियो । सो क्षेत्रमा थोरै जनाबर भए पनि उच्च प्राथमिकताका साथ वन्यजन्तु मार्ग बनाउने गरेको ढकालले बताउनुभयो ।

    नारायणगढ–वुटबल सडक खण्डलाई दुई भागमा विभाजन गरी ठेक्का लगाइएको छ । तीन वर्ष छ महीनामा काम सम्पन्न गर्ने गरी दुबै भागको ठेक्का चाइना इस्टे«ट कन्स्ट्रक्सनले पाएको छ । करीब रु १५ अर्बमा ठेक्का दिइएको हो । दाउन्नेको पहाडमा तीन लेन र अन्य क्षेत्रमा चार लेन सडक निर्माण गरिँदैछ । मानव बस्ती भएका ठाउँमा छ/छ मिटरको सेवा मार्गसमेत बनाइँदै छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.