सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह ‘कुमाता’को विमोचन


  •    न्युजभित्तो/२६ फाल्गुन २०७६, सोमबार २२:५७ 
  • नवलपुर । पत्रकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह ‘कुमाता’को सोमबार एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको छ । नेपाल लघुकथा समाजका अध्यक्ष एवम् गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र कथाकारकी आमा गोमा पराजुलीले सो कथासङ्ग्रहको संयुक्त रुपमा विमोचन गर्नुभयो ।

    अक्षर समूहको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा श्रेष्ठले सृजनामा विश्वास गर्ने मान्छे उमेरले कहिल्यै नमर्ने दावी गर्नुभयो । “क्षणिकले केही हुँदैन साहित्यमा बाँचुन्जेल साधना गर्न सक्नुपर्छ” उहाँले भन्नुभयो । उहाँले साहित्य समाजको हितका लागि हुनुपर्ने धारणा राख्दै साहित्य क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधारेर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    कार्यक्रममा पुस्तकमाथि समीक्षा गर्दै प्राडा एकनारायण पौडेलले कुनै पनि सत्यताभित्र कल्पना जोडेर गरिने रचना पाठकका लागि रुचिकर हुने धारणा राख्नुभयो । कार्यक्रममा कथाकारहरु डा. हरिहर पौडेल, एलवी क्षेत्री, साहित्कार भूपिन लगायतले कथा सङ्ग्रहको विषयमा टीप्पणी गर्नुभएको थियो । कथासङ्ग्रह विमोचन कार्यक्रम अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सामाजिक यथार्थवादी विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुकीका कथासङ्ग्रहलाई भूँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहित दस कथाहरु फरकफरक विषयवस्तुका छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको कथाकार वसन्त पराजुलीले बताउनुभयो ।

    “कथामा समेटिएका विषयवस्तु हाम्रै छरछिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन्, त्यसैले कुमाता कथासङ्ग्रहभित्रका कथाहरु हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भन्नुभयो ।

    गरिबी, बैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथाका वरिपरी रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.