सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कमरेड प्रचण्डलाई माडीवासीको हैसियतले केही सुझाव


  •    न्युजभित्तो/२३ फाल्गुन २०७६, शुक्रबार २२:१० 
  • ध्रुव अधिकारी

    माडीको समस्या समाधानका लागि बन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०१९ लाई संशोधन तथा पुनर्लेखन गर्न बनेको कार्यदल र माडीलाई “मणी” बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आदरणीय अध्यक्ष कमरेड प्रचण्डलाई एक सञ्चारकर्मीका साथै माडीवासीको हैसियतले मेरो केही सुझाव छ :

    १. दुनियामा एकै देशका नागरिकलाई सायद दुईथरी कानुन लाग्दैन र हुँदा पनि हुँदैन । बर्दिया राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्जभित्र चार लेन र छ लेनको राष्ट्रिय राजमार्ग अर्थात पूर्वपश्चिम लोकमार्ग र त्रिभुवन राजपथ पर्दछ । यो सबैलाई ज्ञात भएको विषय हो । तर माडी ठोरी जोड्ने चितवन राष्ट्रिय निकुञ्जमा किन हुलाकी राजमार्ग विस्तार हुन सक्दैन ? किन सडक पिच हुँदैन ? के जनावर चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छन् ? अनि माडीका जनता जनावर भन्दा तुच्छ हुन् ?

    २. हो, चितवनको गौरव राष्ट्रिय निकुञ्ज हो । यसमा दुईमत छैन । अन्तर्राष्ट्रिय रुपमा चितवनको पहिचान राष्ट्रिय निकुञ्जकै कारण स्थापित भएको हो । दुर्लभ वन्यजन्तुको संरक्षण मानिस र जनावरबीचको द्वन्द्वले होईन, द्वन्द्व न्यूनिकरणले सम्भव छ । यसका लागि निकुञ्जमा जङ्गली जनावरलाई आवश्यक पर्ने प्राकृतिक आहार विहारमा समेत राज्यले ध्यान दिनु पर्छ । सुख्खायाममा आहारको व्यवस्थापन, चरिचरणको प्रबन्ध भए निकुञ्जभित्र भएका जनावर गाउँ पस्ने कुरै आउँदैन । कथमकदाचित आईहाले पनि करिडोर र ड्याम निर्माण भएमा यसको दीर्घकालिन समाधान गर्न सकिन्छ ।

    ३. अहिले पूर्वपश्चिम रेल मार्ग निर्माणको चरणमा छ । बर्दिवासदेखि बाराको सिमरा खण्डमा रेल मार्ग निर्माण भईरहेको छ । विगतमा ठोरी माडी हुँदै नवलपरासीको बाल्मिकी नगर जोडने रेल मार्गको प्रस्ताव आएकोमा राष्ट्रिय निकुञ्जकै कारण “गोलमाल” भएको थियो । अब यो प्रस्ताव जोडदार रुपमा ठोरी माडीका वासिन्दाहरुले उठाउनु पर्दछ ।

    राष्ट्रिय निकुञ्ज अभिसाप होईन, बरदान हो । माडीलाई “मणी” बनाउने हो र मानिस र जनावरबीचको द्वन्द्वलाई निकास दिने हो भने पनि विकासमा पछाडि परेको माडी ठोरी खण्डबाट निर्माण गरिने भनिएको रेल मार्गलाई पुनर्जीवन दिनु पर्दछ । होईन भने देशभरका राष्ट्रिय निकुञ्जलाई नछुने गरी रेल मार्ग र सडक विस्तार कहाँ भएको छ ? त्यो देखाउन पर्यो माडीका जनतालाई ।

    विश्व सम्पदा सूचीको नाममा मानिस र जनावरबीचको द्वन्द्व बढाउने अधिकार कसैलाई छैन । विभेदकारी कानुन खारेज गरी बन्यजन्तुको संरक्षणमा स्वस्फूर्त रुपमा माडीबासी जुट्ने आधार तयार गर्नु पर्दछ । सडक सञ्जालसँग रेल मार्ग सहितको यातायातको सुविधाबाट अझ बढी बन्यजन्तुको संरक्षणसँगै माडीलाई संसारकै दुर्लभ जंगली जनावरहरुको अवलोकन स्थलको रुपमा विकास गर्न सकिन्छ । माडीलाई प्राकृतिक मनोरमपूर्ण अन्तर्राष्ट्रिय केन्द्रको रुपमा स्थापित गर्न सके नेकपाका अध्यक्ष प्रचण्डको प्रतिबद्धता साकार हुने छ । जनावर सँगको द्वन्द्वलाई सदा सदाका लागि बन्द गरौं । भाषण होईन, काम गरौं । माडीलाई परिणाम चाहिएको छ । प्रकृृतिप्रेमी माडीका जनतालाई प्रकृतिसँगै समृद्धि चाहिएको छ । राष्ट्रिय निकुञ्ज र बन्यजन्तुको संरक्षणबाटै समृद्ध माडीको सपना देखेका छन् माडीवासीले । चेतना भया ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.