सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एड्वानको सार्वजनिक सुनुवाइ, छोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने सोच


  •    /२१ बैशाख २०७६, शनिबार १५:३० 
  • चितवन :

    रत्ननगर नगरपालिकाकी सीता सुनारको जीवनमा एउटै उद्देश्य छ, आफ्ना छोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने । लैङ्गिक विभेदबारे जानकारी पाउनाका साथै चेतना अभिबृद्धि भएपछि उहाँमा छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सोच पलाएको हो ।

    दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान)ले यहाँ शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सीताले मात्र होइन, अधिकांश महिलाले आफ्ना छोरीलाई जसरी भए पनि विद्यालय पठाउने प्रण गरेका छन् । एड्वानले सञ्चालन गरेको महिला सशक्तीकरणसँगै आत्मनिर्भरनताका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेकाले उहाँहरूको सोचमा परिर्वन आएको हो ।

    एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार-व्यावसायका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको छ । राज्यको मूलधारबाट पछाडि पारिएका गरीब तथा दलित महिलालगायत अति सीमान्तकृत सुमदायलाई शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिकरुपमा सशक्त बनाउने उद्देश्यले एड्वानले त्यस्ता समुदायको अधिकारका लागिसमेत पैरवी गर्दै आएको छ । सामाजिक अभियान्ता तथा एड्वानकी संरक्षक डा विष्णुमाया परियारले सबै प्रकृतिका विभेद अन्त्य गर्दै शिक्षमा समान पहँुच हुनुपर्नेमा जोड दिनुभयो ।

    एड्वानले शुरुदेखि नै गरीब विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नाका साथै ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायलाई आयमूूलक सीपसमेत सिकाउँदै आएको छ । विसं २०५५ मा स्थापना भएको एड्वानले अहिलेसम्म आर्थिक अवस्था कमजोर भएका एक हजार विपन्न विद्यार्थी छात्रवृत्ति प्रदान गरिसकेको छ ।

    सो संस्थाका अध्यक्ष पम्फा परियारले विसं २०५९ देखि २०६८ सम्म विद्यालय पोशाक वितरण कार्यक्रमसमेत सञ्चालन गरेको र सो कार्यक्रम मार्फत् गोरखा, बागलुङ, अर्घाखाँची, चितवन, मुगु, झापा र इलामका १५ हजार ६७३ छात्रछात्रा लाभान्वित भएको जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा
    कैलालीका दुई क्षेत्रमा नेकपा, एकरएक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
    प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
    • मनाङमा मतगणना सुरु
    • धादिङ-१ मा रास्वपाको अग्रता
    • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    • रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.