सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै


  •    न्युजभित्तो/२ आश्विन २०८३, शुक्रबार १३:४५ 
  • चितवन, २ असोज । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएका छन् । उहाँले भन्नुभयो, “आवश्यकताअनुसार कामदार प्रयोग गरेर सडक सरसफाइ सुरु गरिएको छ ।”

    यही असोज १७ गतेदेखि जिप सफारी सञ्चालन गर्नेगरी निकुञ्जभित्रको सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पुल मर्मत गर्नेलगायत काम गर्न लागिएको हो । सौराहाका पर्यटन व्यवसायीको सक्रियतामा सरसफाइ र मर्मतको काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द भएको थियो । यस निकुञ्जमा पर्यटन व्यवसायीले सौराहा, कसरा, मेघौली, माडी र पूर्वी नवलपरासीका विभिन्न क्षेत्रबाट जिप सफारी गराउँदै आएका छन् । निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडीयाल गोहीलगायत जनावर हेर्नका पर्यटक आउने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.