सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस


  •    न्युजभित्तो/२ आश्विन २०८३, शुक्रबार ०७:१३ 
  • चितवन, २ असोज । जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

    जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ८८६ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चितवनका ७८ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन् । जिल्लामा सबैभन्दा बढी सङ्क्रमण रत्ननगर नगरपालिकामा ३० जना डेङ्गुका सङ्क्रमित रहेका जनाउँदै उहाँले सबैभन्दा कम कालिका नगरपालिकामा दुई जना भेटिएका बताउनुभयो ।

    यो रोग बढी सहरी क्षेत्रमा देखिएको बताउँदै केसीले सहरी क्षेत्रमा बढी मात्रामा पानी जम्ने ठाउँ हुने भएकाले सङ्क्रमित सङ्ख्या धेरै हुने गरेको उल्लेख गर्नुभयो । डेङ्गुबाट बच्नका लागि झूल टाँगेर सुत्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेका भाँडाहरुको पानी फाल्ने, बिहानबेलुका बारीमा काम गर्दा लामबाउले लुगा लगाउने गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

    एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

    किट नियन्त्रक केसीका अनुसार जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये १९१ जनामा स्क्रफ्ट टाइफसको सङ्क्रमण देखिएको छ । एक हजार १४ जनाको नमूना परीक्षणका क्रममा १९१ जनामा यो रोग देखिएको हो । तीमध्ये ११८ जना चितवनका हुन् ।

    यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यस रोगबाट बच्नका लागि झाडीमा जाँदा लामो लुगा लगाउने साँझ बिहान चौरमा बस्दा सुरक्षित भएर बस्ने लगायतका कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.