सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 


  •    न्युजभित्तो/१ आश्विन २०८३, बिहीबार १७:२४ 
  • चितवन, १ असोज । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ओहरदोहर गर्ने गरेका थिए ।

    मालवाहक ठूला सवारीसाधन राजधानी प्रवेश गर्न सकेका थिएनन् । एलपी ग्यासका बुलेट तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने बाध्यता थियो । ठूला मालवाहक ट्रक हेटौँडातर्फबाट गुडाउन चालकलाई निकै कठिन भएको थियो । कतिपय ठूला सवारीसाधन बाटोमै रोकिएका थिए । पर्यटकीय बस चल्न सकेका थिएनन् ।

    सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभिरको सडक बनेपछि यातायात व्यवसायी उत्साहित भएका छन् । राजधानीतर्फ जाँदै गरेका माइक्रोबसका धनी तथा चालक राजु थापा कृष्णभिरको सडक दुईतर्फी रुपमा खुलेपछि सेवा दिन सहज भएको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “कृष्णभिरमा पहिरो गएपछि मैले दुईवटा माइक्रोबस दुईतर्फ नै राखेर यात्रुलाई सेवा दिँदैआएको थिएँ ।” थापाले नारायणगढबाट यात्रु लिएर कृष्णभिरसम्म र भिरमा यात्रुलाई हिँडाएर पारि आफ्नै अर्को माइक्रोबसमा राखेर काठमाडौँसम्म यात्रु पु¥याउने कार्य गर्दैआउनुभएको थियो ।

    काठमाडौँबाट नारायणगढ आइपुग्नुभएका ट्रकका चालक शिवकुमार थारुले कृष्णभिर बन्द हुँदा निकै दुःख पाएको गुनासो गर्नुभयो । आफू काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको र बाटो बनेको थाहा पाएर कृष्णभिर हुँदै आज फर्किएको उहाँले बताउनुभयो । हेटौँडातर्फबाट जाँदा साँघुरो बाटो र धेरै ठाउँमा बिग्रिएका कारण दुःख पाएको उहाँको भनाइ छ । थारुले भन्नुभयो, “हामीलाई पृथ्वी राजमार्ग नै सजिलो हुन्छ ।”

    अर्को ट्रकका चालक खुशीयाल पठान आजै कृष्णभिर हुँदै नारायणगढ आउनुभएको छ । भैरहवा जान आउनुभएका पठानले सडक बनेपछि सहज भएको बताउनुभयो । हेटौँडा हुँदै जाँदा बाटो लामो हुने र दुःख पाइने भन्दै उहाँले पृथ्वी राजमार्ग हुँदै आउँदा धेरै सहज भएको बताउनुभयो । सरकारले छोटो समयमा वैकल्पिक मार्ग बनाएकामा उहाँले धन्यवाद दिनुभयो ।

    भैरहवाबाट काठमाडौँ जाँदै गर्नुभएका बसका चालक आशिष क्षेत्री सडक बनेपछि आफूहरुलाई सहज भएको बताउनुहुन्छ । यसअघि काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको भन्दै उहाँले जामका कारण दुई दिन समय लागेको बताउनुभयो । हेटौँडा हुँदै जाँदा सडक ८१ किलोमिटर लामो पर्ने क्षेत्रीको भनाइ छ ।

    उहाँले भन्नुभयो, “सडक साँघुरो, ठाउँठाउँमा भत्किएको र लामो हुँदा दुःख पाइयो ।” काम गरे सकिन्छ भन्ने प्रमाण कृष्णभिरले दिएको भन्दै उहाँले सरकारले गरेको कामको प्रशंसा गर्नुभयो ।

    पर्साको ठोरीबाट काठमाडौँ आवतजावत गर्ने बसका चालक रुपेश परियार कृष्णभिरको पहिरोपछि आफूले बस चलाउन छाडेको बताउनुहुन्छ । वैकल्पिक बाटो जाँदा लामो र अप्ठ्यारो हुने हुँदा बस थन्क्याउनुपरेको र अब सडक बनेसँगै पृथ्वी राजमार्ग हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो “हेटौँडा हुँदै जाँदा खर्च नधान्ने भएपछि हामीले बस चलाउन बन्द गर्नुपर्ने अवस्था आयो ।”

    कृष्णभिरमा सडक बनेपछि बुधबार साँझ सडकमा रोकिएका सवारीसाधन आवतजावत गराइएको थियो । चितवन तर्फबाट मात्रै एक हजार नौ सय हाराहारी रोकिएका सवारीसाधन काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताउनुभयो । आज बिहानदेखि सहज रुपमा सवारीसाधन कृष्णभिर हुँदै आवतजावत गरेका उहाँले जानकारी दिनुभयो ।

    कृष्णभिरको सडक फेदमा त्रिशूली नदीले कटान गरेपछि सडक पूर्ण रुपमा भाँसिएको थियो । झण्डै एक सय मिटर सडक भाँसिएपछि नजिकैबाट भित्तो काटेर वैकल्पिक मार्ग बनाइएको हो । नियमित रुपमा तीव्र गतिमा काम गरिएकै कारण १८औँ दिनमा पूर्ववत् अवस्थामा आज बिहानदेखि सडक सञ्चालनमा आएको हो । यसबीचमा रोकिएका र वैकल्पिक मार्ग भएर जाँदा दुःख पाएका सवारी चालकहरुले सडक बनेसँगै खुसी व्यक्त गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.