सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल


  •    न्युजभित्तो/२९ भाद्र २०८३, सोमबार ११:५७ 
  • चितवन । राजनीतिलाई ‘व्यवसाय’ बनाएर राजनीतिलाई नै फोहोरी बनाएको आरोप सर्वत्र लागिरहेको बेला यहाँका एक व्यवसायीले समाजसेवासँगै राजनीतिलाई अगाडि बढाएका छन् । राजनीतिलाई व्यवसाय बनाउनेहरुका लागि भरतपुर ७ का विनोद ढकाल चुनौति बनेका छन् ।

    राजनीतिमा मागेर होइन, आफै आर्जन गरेर सामाजिक कर्मसहित समुदायमा लाग्न ढकालले सबैलाई प्रेरित गर्दै आउनु भएको छ । सहाराविहिन मानवकालागि साहारा बन्दै आउनुभएका ढकालले भरतपुर ९ मा चितवन मानव सेवा आश्रमको नेतृत्व गर्दै आउनु भएको छ । आश्रममा महिला र पुरुष गरी ४५ जनालाई हाल सेवा दिंदै आउनु भएको छ । विगत १३ वर्षदेखि सडक मानवको ढकाल सारथी बन्दै आउनु भएको छ ।

    त्यसो त चितवन मेडिकल कलेज परिसरमा ढकालको व्यवसाय छ । त्यहाँ जिल्ला र छिमेकी जिल्लाबाट धेरै बिरामी आउने गर्दछन् । उनीहरुलाई निरन्तर सहजीकरणमा उहाँ जुटिरहनु हुन्छ । चिकित्सकीय परामर्शदेखि रगतको जोहोसम्म गर्ने काममा ढकाल दौडिरहनुहुन्छ । त्यसो त ढकाल भएकै कारण धेरै बिरामीहरु चितवन मेडिकल कलेज पुग्ने गर्दछन् । कलेजको आकस्मिक कक्ष बाहिर बिहानदेखि साँझ अबेरसम्म उपचार गर्न, बिरामी भेट्न मात्रै होइन, राजनीतिक र सामाजिक छलफलका लागि पनि मानिसहरु जुट्ने गर्दछन् । उनीहरु ढकालसँगै चिया र कफिमा रमाउने गर्दछन् ।

    ढकाल यससँगै नेपाल रेडक्रस सोसाइटीमा पनि सक्रिय हुनुहुन्छ । जसले सामाजिक कर्ममा लाग्न उहाँलाई प्रेरित गरेको छ । त्यसो त अस्पतालमा आउने बिरामीहरुका लागि आवश्यक रगत जुटाउने माध्यम पनि रेडक्रस बनेको छ ।

    यससँगै ढकालले नेतृत्व गरेको सृजनशील नेपाल नामक संस्था मार्फत् छोरीलाई शिक्षा कार्यक्रम उहाँले नै सञ्चालन गर्दै आउनु भएको छ । हाल यही कार्यक्रम अन्तर्गत १५ जना छोरीहरुले निःशुल्क पढ्दै आएका छन् । उनीहरुलाई सरकारी विद्यालयमा पोशाक, पाठ्यसामग्री सहित आवश्यक पर्ने सम्पूर्ण सामग्री र शुल्क उपलब्ध गराउँदै आउनु भएको छ ।

    ढकालले व्यवसायका रुपमा विदेशी स्वयंसेवकहरु नेपाल भित्र्याएर उनीहरुको व्यवस्थापनको काम गर्नुहुन्छ । यो पेशाबाट बचेको रकम उहाँको समाजसेवामा खर्च हुन्छ । आफ्नो दैनिकिलाई पहिलो प्राथमिकतामा सामाजिक काम, व्यवसाय सँगसँगै उहाँ राजनीतिमा सक्रिय हुनुहुन्छ । भरतपुर ७ को नेपाली कांग्रेसको सभापति ढकाल अन्य दलहरुसँगको सहकार्यमा पार्टीलाई संगठित र चलायमान बनाउने काममा जिल्लामै वडालाई अग्रणी बनाउन सफल हुनुभएको छ ।

    नगर, प्रदेश, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्मका निर्देशनलाई पालना गर्दै उहाँले वडा पार्टीलाई चलायमान बनाउनु भएको हो । ४६ वर्षिय ढकालले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । युवा उमेरका ढकालले सबै उमेर समूहसँग उत्तीकै घनिष्ट सम्बन्ध राख्दै आउनु भएको छ । राजनीति पद र प्रतिष्ठाका लागि होइन जनताको आवाज बन्ने र समाजमा सकारात्क परिवर्तन ल्याउने माध्यम हुनुपर्छ भन्ने मान्यता राख्ने ढकाल पार्टीभित्र विचार, संगठन र पुस्तान्तरणलाई विशेष महत्व दिनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.