जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
न्युजभित्तो/२७ भाद्र २०८३, शनिबार १४:३७
चितवन, २७ भदौ । भरतपुरको दीपेन्द्र चोकमा ‘चित्वन स्पाईसी हर्ब’ (Chiton Spice Herb) होटल सञ्चालनमा आएको छ । जापानमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनु भएका चिरञ्जीवि आचार्य र प्रकाश आचार्यको परिवारले यहाँ होटल सञ्चालन गर्नुभएको हो ।
भरतपुर महानगरपालिका वडा नं. १० दीपेन्द्र चोकमा रहेको यस होटलमा १२ वटा डिलक्स कोठा रहेका छन् । होटलमा दुई वटा गोलो आकारका फरक ढंगका कोठा समेत रहेका छन् । होटलमा ६० जना क्षमताको एउटा र ३०/३० जना क्षमताका दुई वटा हल रहेका छन् । एक सय जना क्षमताको रेष्टुरेन्ट र दुई सय जना क्षमताको रुफटप रेष्टुरेन्ट होटलमा रहेका छन् । यस्तै बाहिरी भागमा एक सय जनाभन्दा बढी अट्ने ओपन रेष्टुरेन्ट रहेको छ । होटल परिसरमा २५ वटा कार र एक सय वटा मोटरसाईकल पार्किङ्ग गर्ने क्षमता रहेको छ । चार कठ्ठा क्षेत्रफलमा रहेको यस होटलमा जग्गा बाहेक पाँच करोड रुपैयाँ लगानी रहेको सञ्चालक आचार्यले बताउनुभयो ।
दुई दशक लामो जापानको रेष्टुरेन्ट व्यवसायको अनुभव हाँसिल गरेको आचार्य परिवारले यस होटलमा जापानिज, इण्डियन, चाईनिज सहित दक्षिण एशियाली परिकारहरुको फ्युजन गरी परिकारहरु पस्कने सञ्चालक चिरञ्जीवि आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा अन्य रेष्टुरेन्टको भन्दा फरक स्वाद दिने गरी हामीले मेनु तयार गरेका छौं ।”
आचार्य परिवारले जापानको टोकियोको प्रमुख बजार क्षेत्रमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ । टोकियोको खाचिदोकीमा दुई वटा, चुकुसिमा, चुकुदा, हारुमी, तोयोसु र तोयोचोमा रेष्टुरेन्ट रहेका छन् ।
शान्त पारिवारिक वातावरणमा सञ्चालनमा रहेको यस होटल शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था रहेको आचार्यले बताउनुभयो ।
पूर्ण पारिवारिक वातावरण रहेको होटलमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म विभिन्न खाना, खाजाका स्वादमा रमाउन पाईन्छ । जन्मदिन, विवाह उत्सव, पारिवारिक जमघट लगायतका विभिन्न कार्यक्रम गर्नका लागि समेत उपयुक्त यस होटलमा जापानका विभिन्न परिकारको स्वाद लिन पाईने आचार्यले बताउनुभयो । होटललले बिहानदेखि रातीसम्म होम डेलिभरी दिने गरी तयारी गरेको छ ।