सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग


  •    न्युजभित्तो/२२ भाद्र २०८३, सोमबार २०:४४ 
  • रामपुर (चितवन), २२ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरमा आज शोक सभा सम्पन्न भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण अल्पायुमै मृत्युवरण गर्ने व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम आयोजना गरिएको हो ।

    विश्वविद्यालयका उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलले अध्यक्षतामा भएको कार्यक्रममा विश्वविद्यालयका राजिष्ट्रार प्रा.डा. सुविर सिंह, कृषि संकायका डीन प्रा.डा. सुन्दर तिवारी, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा. शंकर वर्शिला लगायत परीक्षा नियन्त्रक, निर्देशकहरु, सहायक डीनहरु, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    उपकुलपति प्रा. डा. कट्टेलले शोक मन्तव्य राख्दै भीषण बाढीको कारण अल्पायुमै मृत्युवरण गर्ने व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाईते भई उपचारत सम्पूर्णलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले वेपत्ता व्यक्तिहरुको सकुसल उद्धारको कामना समेत गर्नुभयो । सोही अवसरमा उक्त बाढीबाट भएको क्षतिलाई न्यूनिकरण गर्दै विपद् पश्चातको उद्धार तथा राहत कार्यमा विश्वविद्यालयको महत्वपूर्ण सहयोग रहने जानकारी उपकुलपति प्रा.डा. कट्टेलले दिनुभयो ।

    यसैबीच कृषि तथा वनविज्ञान विश्वविद्यालयले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ । विश्वविद्यालय कार्यकारी परिषदको भदौ १३ गतेको निर्णय अनुसार उक्त सहयोग गरिएको हो । विश्व विद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीहरुको तलबबाट उक्त रकम संकलन गरिएको हो । उक्त निर्णय बमोजिम उपकुलपति, रजिष्ट्रार, डीनहरु, परीक्षा नियन्त्रकले जनही एक–एक महिनाको तलव बराबरको रकम, निर्देशकहरु तथा सहायक डीनहरुले जनही आधा महिनाको तलव बराबरको रकम राहत कोषमा प्रदान गर्ने निर्णय गरिएको थियो ।

    त्यसैगरी, प्राध्यापक, प्रशासक, सह–प्राध्यापक, सह–प्रशासक वा सो सरहका शिक्षक, कर्मचारीबाट मासिक शुरु तलव स्केलको १० दिनको तलव बराबरको रकम, उप–प्राध्यापक, उप–प्रशासक, शाखा अधिकृत, प्रशिक्षक वा सो सरहका शिक्षक, कर्मचारीबाट मासिक शुरु तलव स्केलको सात दिनको तलव बराबरको रकम कोषमा दिने निर्णय गरिएको थियो ।

    यस्तै मुख्य कार्यालय सहायक र कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट मासिक शुरु तलव स्केलको पाँच दिनको तलव बराबरको रकम र सवारी चालक, कार्यालय सहयोगी लगायतका श्रेणी विहिन कर्मचारीको दुई दिन बराबरको पारिश्रमिक रकम प्रधानमन्त्री दैबिक प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. सिंहले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.