सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग


  •    न्युजभित्तो/१८ भाद्र २०८३, बिहीबार १८:०१ 
  • चितवन, १८ भदौ । नेपाल ह्याचरी उद्योग संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो ।

    संघका अध्यक्ष राजेन्द्र लामिछानेले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि संघले रु १० लाख सहयोग गरेको बताउनुभयो । बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष लामिछानेले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “हामी नेपालको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौं ।”

    संघले भूकम्प लगायतका प्राकृतिक विपत्तीहरुमा सहयोग गर्दै आएको चर्चा गर्दै अध्यक्ष लामिछानेले व्यवसायसँग राष्ट्रका लागि परेको विपत्तीमा थोरै भएपनि संघले सहयोग गरेको बताउनुभयो ।

    त्यसै गरि संघका उपाध्यक्ष ज्ञानवहादुर बिसुरालले बाढीवाट अहिलेसम्म एक हजार पाँच सयको हारहारीमा मानिसहरुको अकल्पनीय निधन भएको र करिब पाँच हजार मानिसहरु सम्पर्क विहिन हुनु भएको भन्दै पचासौं हजारौ मानिसहरु घरबार विहिन हुनु परेको बताउनुभयो । हजारौं मानिस घाइते अंगभग भएको अवस्था छ भने सयौ पोल्ट्री व्यवसायहरु बढीले बगाउदा करोडौ रुपैयाको आर्थिक क्षति भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

    बढी पहिरोबाट प्रत्यक्ष प्रभावितहरुको उद्धार, घाइतेहरुको उपचार, घरबार विहिनहरुको बासस्थान र खानापानको व्यवस्था, विस्थापित व्यवसायीहरुका समस्या सम्बोधनका लागि राज्यको प्रमुख अभिभारामा सहयोग पु¥याउन स्वदेश तथा विदेशबाट सहयोग भइरहेको अवस्थामा नेपाल ह्याचरी उद्योग संघले पनि सहयोग गरेको बिसुरालको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.