सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरमा थपिदै नयाँ उद्योग


  •    /२१ बैशाख २०७६, शनिबार १५:२३ 
  • – दयाराम आचार्य

    कावासोती :

    घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको डेढ महीनामा नवलपुरमा ६० नयाँ उद्योग थपिएका छन् । गएको चैतबाट कावासोतीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयमा चैतमा मात्रै ४२ नयाँ उद्योग थपिएका छन् ।

    वाणिज्यतर्फ ४८ नयाँ व्यवसाय थपिएका छन् । वैशाखको २० गतेसम्ममा उद्योग र वाणिज्यतर्फ समान १८ उद्योग, व्यवसाय थपिएका छन् । यसअघि परासीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु कार्यालयले कावासोतीबाट सेवा प्रदान गर्न थालेसँगै उद्योग, व्यवसाय गर्नेलाई सहजतासमेत भएको छ ।

    यस कारण यहाँ नयाँ उद्योगमा लगानी गर्ने क्रम बढेको छ । गण्डकी प्रदेश सरकारले नवलपुरलाई औद्योगिक ग्रामको रुपमा विकास गर्ने बताइरहँदा यस क्षेत्रमा सोहीअनुसारका उद्योग थपिने क्रमसमेत बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायणप्रसाद गौतमले बताउनुभयो । चैतमा थपिएका नयाँ ४२ उद्योगमा रु नौ करोड ५५ लाख ७९ हजार ९०० पूँजी लगानी भएको छ । नयाँ उद्योग सञ्चालन गर्नेमा आठ महिला उद्यमी रहेका छन् ।

    दर्ता भएका नयाँ उद्योगबाट ११२ का लागि रोजगार सिर्जना हुने प्रमुख गौतमले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले चैतमा उद्योग र वाणिज्यतर्फ नयाँ दर्ता, नवीकरण, पूँजी वृद्धि, नामसारीबाट रु १८ लाख १९ हजार ३०० राजश्व सङ्कलन गरेको छ । वैशाखको २० गते सम्ममा करीब रु १० लाख राजश्व सङ्कलन भएको प्रमुख गौतमले बताउनुभयो । नयाँ थप भएका उद्योगमा पशुपालन र कृषिसम्बन्धी धेरै रहेको कार्यालयले जनाएको छ ।

    नयाँ दर्ता भएका ६० उद्योगमा करीब ४५ पशुपालन र कृषिसम्बन्धी रहेको कार्यालय प्रमुख गौतमले बताउनुभयो । सरकारले पशुपालन र कृषिमा लगानी गर्नेलाई विशेष अनुदानलगायतका विभिन्न सहुलियत प्रदान गर्ने भएकाले जिल्लामा यससम्बन्धी नयाँ उद्योग धेरै थपिएको उहाँले बताउनुभयो । “सरकारले युवा रोजगारलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याएकाले उनीहरु कृषि र पशुपालनमा धेरै आकर्षित भएका छन्”, गौतमले भन्नुभयो । केही नयाँ उद्योगका रुपमा प्रविधिसँग सम्बन्धित उद्योग दर्ता भएको उहाँले बताउनुभयो ।

    नवलपुरमा २०७५ फागुनसम्म पुराना दर्ता भएको उद्योगको सङ्ख्या दुई हजार ९५१ रहेका छन् । वाणिज्यतर्फ पाँच हजार २०० रहेको कार्यालय प्रमुख गौतमले बताउनुभयो । रु तीन करोडसम्म पूँजी भएका उद्योग, व्यवसायको दर्ता घरेलु तथा साना उद्योग कार्यालयले गर्दै आएको छ । लघु उद्यमबाट परिवारमात्र निर्भर हुने हुँदा अहिले आफूहरुले साना र मझौला उद्योग स्थापनाका लागि जोड दिएको प्रमुख गौतमले बताउनुभयो । “लघु उद्यमभन्दा अहिले हामी साना र मझौला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्दैछौँ, यसका लागि विभिन्न सीप विकासका कार्यक्रमसमेत सञ्चालन गरिरहेका छौँ”, प्रमुख गौतमले भन्नुभयो, “लघु उद्यममा एक परिवार मात्र निर्भर हुन्छ, साना तथा मझौलामा धेरै रोजगारको सिर्जना हुन्छ, राजश्वसमेत धेरै सङ्कलन हुन्छ, यसैले हामी यस्ता उद्योग स्थापनामा जोड दिएका छौँ ।

    नवलपरासी पश्चिममा घरेलुको कार्यालय हुँदा पूर्वी नवलपुरमा कार्यालयको गतिविधि शून्यजस्तै रहेको थियो । अहिले कावासोतीमा कार्यालय स्थापना भएसँगै कार्यालयले यस क्षेत्रमा विभिन्न सीप विकासका तालीमसमेत सञ्चालन गर्दै आएको छ । कार्यालयले पहिलोपटक जिल्लाको पहाडी क्षेत्र बुलिङटार, बौदीकाली, हुप्सेकोटमा सीप विकासको तालीमसमेत सञ्चालन गरेको कार्यालय प्रमुख गौतमले बताउनुभयो । कार्यालयले उद्योग प्रवद्र्धन गर्ने, नयाँ उद्योग दर्ता गर्ने, सीप विकासका तालीम प्रदान गर्नेलगायतका काम गर्दै आएको छ ।

    त्रिवेणी–कोरला सडक निर्माण गर्ने सरकारले बताइरहँदा भारतीय सीमासँगै नजिक पर्ने, देशकै मध्यभागमा समेत पर्ने भएकाले यहाँ उद्योग स्थापना गरी देशैभर सहजरूपमा व्यापार गर्न सक्ने भएकाले पनि लगानीकर्ता यहाँ आकर्षित भएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेलले बताउनुभयो । जिल्लामा उद्योग प्रवद्र्धनका लागि यसअघि घरेलु तथा साना उद्योग कार्यालयको उपस्थिति पातलो भएकामा अब यस क्षेत्रमा नै कार्यालय स्थापना भएसँगै उद्योग, व्यापारका गतिविधिसमेत स्वतः बढ्ने अध्यक्ष पोखरेलले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.