सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान


  •    न्युजभित्तो/१४ श्रावण २०८३, बिहीबार १६:३७ 
  • खैरहनी, १४ साउन । खैरहनी नगरपालिका वडा नं. १० र ११ का अति विपन्न मुसहर तथा बोटे समुदायका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान गरिएको छ। भरोसा फाउण्डेशन ललितपुर नेपालको सहयोग र कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममार्फत मुसहर बस्तीका ४५ तथा बोटे बस्तीका ४१ घरधुरीमा घरघरमै शुद्ध खानेपानीको सुविधा पुगेको हो ।

    धारा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा भरोसा फाउण्डेशनका निर्देशक काम पाइतेले अति विपन्न समुदायसम्म स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो। उहाँले स्वच्छ खानेपानीले नागरिकको स्वास्थ्य सुधारका साथै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    काम पाइतेले भन्नुभयो “यहाँ भएको कामले मेरो मन छोएको छ। समुदायको आवश्यकताअनुसार आगामी दिनमा पनि तपाईंहरूसँग सहकार्य गर्दै अझ प्रभावकारी कार्यक्रम अघि बढाउनेछौँ ।”

    कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जोखा चौधरीका अनुसार धारा जडानका लागि २७१ घरधुरीबाट निवेदन परेको भए पनि पहिलो चरणमा सबैभन्दा अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर ८६ घरधुरीमा धारा जडान गरिएको हो । मुसहर बस्तीमा यसअघि ४५ घरधुरीका लागि तीनवटा मात्र चापाकल रहेकाले दैनिक एक घण्टासम्म लाइन बसेर पानी भर्नुपर्ने बाध्यता थियो । अहिले घरघरमै धारा जडान भएपछि स्थानीयवासी अत्यन्तै खुशी भएका छन् ।

    स्थानीय सविना माझीले भन्नुभयो, “पहिले बिहानैदेखि पानीका लागि लाइन बस्नुपर्थ्यो। धेरै दुःख हुन्थ्यो। अहिले आफ्नै घरमा धारा आएपछि निकै सहज भएको छ। हाम्रो परिवार मात्र होइन, सिंगो बस्ती नै खुशी छ।” अर्का स्थानीय रामबहादुर बोटेले पनि खानेपानीको सुविधा पुगेपछि बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष राहत पुगेको बताउनुभयो।

    भरोसा फाउण्डेशनका सल्लाहकार कृष्णप्रसाद अर्यालले धारा जडानसँगै पानीको दुरुपयोग रोक्न समुदायसँग सहमति गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अत्यधिक पानी खपत गर्ने तथा सामाजिक अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेलाई समुदायको निर्णयअनुसार जरिवाना गर्ने व्यवस्था गरिएको छ। यसले खानेपानीको दिगो व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    भरोसा फाउण्डेशनका सल्लाहकार मधुसुदन उप्रेतीले खानेपानी केवल पूर्वाधार मात्र नभई स्वास्थ्य, सरसफाइ र सामाजिक रूपान्तरणसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्नुभयो। उप्रेतीले भन्नुभयो “घरघरमा स्वच्छ खानेपानी पुगेपछि सरसफाइको अवस्था सुधारिन्छ, रोगको जोखिम घट्छ र समुदायको जीवनशैलीमा सकारात्मक परिवर्तन आउँछ। यस्तो अभियानमा सबै पक्षको सहकार्य आवश्यक छ।”

    कार्यक्रममा भरोसा फाउण्डेशनका अध्यक्ष दिपक बोहोरा, सल्लाहकार चिन पाइते, नरहरि सापकोटा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै विपन्न समुदायको जीवनस्तर उकास्ने अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

    भरोसा फाउण्डेशनको ३ लाख रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त योजनाले विपन्न समुदायमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्नुका साथै सरसफाइ र स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन कृष्ण बहादुर वर्देवाले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.