सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो


  •    न्युजभित्तो/१२ श्रावण २०८३, मंगलवार १६:२७ 
  • चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

    डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको उहाँले जानकारी दिनुभयो । पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । चालीस मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको छ ।

    यो सडक काठमाडौँको लाइफलाइनका रूपमा रहेको छ । यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस नेता श्रेष्ठको निधन
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
    विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
    • ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय
    • अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.