सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा


  •    न्युजभित्तो/१२ श्रावण २०८३, मंगलवार १४:०६ 
  • चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै अहिले १ः१५ बजेबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ ।

    यसअघि ११ः१५ बजे नै सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो । पहिरो पन्छाउनका नारायणगढबाट लोडर, स्काभेटर र व्याक हु तथा मुग्लिनबाट पनि लोडर प्रयोग गरिएको थियो । त्यो ठाउँमा ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो ।

    पहिरो पन्छाएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढिसकेको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.