सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक: पहिरा पन्छाउन सकस


  •    न्युजभित्तो/१२ श्रावण २०८३, मंगलवार १३:३२ 
  • चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा पन्छाउन सकस भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित भएको छ ।

    डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो खसिरहेकाले काममा समस्या भएको छ । केहीबेरअघि केही पन्छाएर आकस्मिक सवारी पार गराएको र दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “थप पहिरो नखसेमा दिउँसोसम्ममा सडक सफा गरेर रोकिएका सवारी पार गराउने तयारी छ । ” मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पहिरोस्थल पर्दछ । चालीस मिटरमाथिबाट ढुङ्गासहितको पहिरो खसेको हो । पहिरोले २० मिटर क्षेत्र ढाकेको छ । सफा गर्न कठिन भइरहेको छ ।

    नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यो बर्सातमा सो ठाउँमा पहिरोको थप जोखिम हुनसक्ने बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.