सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा चिकित्सकको आन्दोलन: ओपीडी बन्द हुँदा ११ हजारभन्दा बढी बिरामी प्रभावित


  •    न्युजभित्तो/१२ श्रावण २०८३, मंगलवार १३:२८ 
  • चितवन, १२ साउन । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा  स्वास्थ्यकर्मीले चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द गर्दा  ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन् ।

    शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापर्वाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन् । 

      लापर्वाहीको गम्भीर आरोप खेप्दै आएका नारायणी अस्पताल वीरगञ्जमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि  आक्रमण हुँदा उहाँ गम्भीर घाइते हुनुभएको विरुद्धमा चितवन जिल्लाका अधिकांश अस्पतालमा  उपचार सेवा बन्द गरिएको हो ।  

    भरतपुर अस्पतालमा सोमबार तीन हजार ५०० ले बहिरङ्ग सेवा लिएका थिए । क्यान्सर अस्पतालमा एक हजार २००, दुई मेडिकल कलेजमा दुई हजारभन्दा बढी र निजी साना अस्पतालमा चार हजारभन्दा बढी बहिरङ्ग सेवामा बिरामी दैनिक आउने गर्छन् । 

      मधुमेह र उच्च रक्तचापको औषधि सकिएर भरतपुर अस्पताल आउनुभएकी मायादेवी लम्सालले उपचार नै रोकेर आन्दोलन गर्दा आफू मर्कामा परेको बताउनुभयो ।  

    उपचारमा आउनुभएकी रन्जीत तामाङले बहिरङ्ग सेवा बन्द हुँदा आज उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गर्नुभयो । 

      भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुई मेडिकल कलेज र २३ वटा साना अस्पतालका बहिरङ्ग सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।

    नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो । 

      उहाँले चिकित्सकमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई  कारबाही नगरेसम्म सेवा सञ्चालन गर्न कठिन हुने बताउनुभयो । 

    यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
    छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
    नारायणगढ–मुग्लिन सडक: पहिरा पन्छाउन सकस
    • चितवनमा चिकित्सकको आन्दोलन: ओपीडी बन्द हुँदा ११ हजारभन्दा बढी बिरामी प्रभावित
    • वेसहाराको सहारा बन्दै चितवन मानव सेवा आश्रम
    • पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
    • विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.