सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वेसहाराको सहारा बन्दै चितवन मानव सेवा आश्रम


  •    न्युजभित्तो/१२ श्रावण २०८३, मंगलवार ११:५५ 
  • चितवन, १२ साउन । यहाँको चितवन मानव सेवा आश्रमले ११२ जनालाई पुनःस्थापना गरेको छ । उद्धार गरेर ल्याइएका बेसाहरामध्ये उनीहरुको परिवारसँग पुनःस्थापना गरिएको हो ।

    भरतपुर महानगरपालिका–९ स्थित सो आश्रम विसं २०७२ भदौबाट सञ्चालन गरिएको थियो । आश्रमले हालसम्म २४५ जनाको उद्धार गरेको छ । आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा ४५ जनाको निधन भएको छ ।

    घरबारविहीन जटिल बिरामी भएर अशक्त भएका बालबालिकादेखि वृद्धवृद्धासम्म यहाँ ल्याउने गरिएको छ । चितवन मेडिकल कलेजले स्थापनादेखिनै सबै उपचार निःशुल्क गर्दै आएको छ । अध्यक्ष ढकालले भन्नुभयो, “सघन उपचार कक्षदेखि आवश्यक पर्ने शल्यक्रियालगायतका सबै उपचार कलेजले गर्ने गरेको छ ।”

    जटिल अवस्थामा भेटिएकालाई उपचार हुने भएकाले त्यही पठाउनेसमेत गरिएको छ । अहिले आश्रममा दुई जना बालबालिकासहित ४५ जना आश्रित छन् । दाताहरुको भरमा आश्रम सञ्चालित छन् । महिनामा दुई चार दिनबाहेक अधिकांश दिनमा दाताहरुले जन्म, वैवाहिक वर्षगाँठ, मृत्यु, पूण्यतिथि, स्थापना दिवसलगायतका अवसरमा व्यक्ति र सङ्घसंस्थाले खाना खुवाउने गरेका छन् । कतिपयले लत्ताकपडा र अन्य सहयोग पनि गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

    आश्रममा बिहान र बेलुका स्वास्थ्यकर्मी परीक्षण एवं नियमित औषधि खुवाउने गरेका छन् । त्यहाँ पाँच जना कर्मचारीले उनीहरुको सेवा गर्दै आएका छन् । आश्रममा नै रहेका तन्दुरुस्त र गर्न सक्नेहरुले काममा समेत सघाउने गरेका छन् । आश्रममा रहेका दुई बालकलाई स्थानीय निजी स्कुलमा पढाइएको छ । एक महिनामा रु तीन लाख हाराहारी खर्च हुने गरेको छ । यस वर्ष बागमती प्रदेश सरकारले केही सहयोग गरेको भन्दै उहाँले कहिलेकाँही वडा कार्यालयसमेतले सहयोग गर्ने गरेको छ । ठूलो खर्च दाता र चिनजानका सामाजिक व्यक्तित्व र आश्रम सञ्चालकले नै नियमित बेहोर्ने गरेका छन् । उनीहरुको स्वास्थ्य बिमा यसअघि बागमती प्रदेशले गरेकोमा अहिले नवीकरणको चरणमा रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.