सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार १७:२३ 
  • गण्डकी, ५ साउन । गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट रु एक करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ । प्रदेशका ११ वटै जिल्लामा गरिएको प्रहरी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट जरिवाना बापत उक्त रकम उठेको हो ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले सोही अवधिमा १९ वटा सवारी दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनामा परी २१ जनाले ज्यान गुमाए भने १८ जना घाइते भएका थिए । प्रहरीले असारमा प्रदेशका विभिन्न जिल्लाबाट ५४ थान भरुवा बन्दुक बरामद गरिएको जनाएको छ ।

    सोही महिनामा ११६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले बताउनुभयो । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रदिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।

    पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि प्रहरीले सम्बन्धित जिल्लाका अदालतमा बुझाएको थियो । प्रतिवादीबाट २९ वर्ष आठ महिना १७ दिन कैद र रु दुई करोड ५९ लाख आठ हजार ६३८ बिगो रकम असुल गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.