सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार १३:४३ 
  • चितवन, ५ साउन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन्।

    अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यस अवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९ हजार २६, उकालोको सिटि क्लिनिकबाट १९ हजार ५३८ तथा अन्य सबै खालका शिविरबाट ४२ हजार २७० जनाले आँखा परीक्षणसहित विभिन्न सेवा लिएका छन्।

    त्यस्तै, विद्यालयमा सञ्चालित शिविरबाट ४६ हजार ८५ जना विद्यार्थी लाभान्वित भएका छन्। दुईवटा सेकेन्डरी आँखा अस्पतालमा २७ हजार ३५७ जना, दुईवटा सर्जिकल आई केयर सेन्टरमा नौ हजार ४६४ र १९ वटा आँखा उपचार केन्द्रबाट ५७ हजार २८६ जनाले सेवा लिएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशत बढी हो।

    अघिल्लो आर्थिक वर्षको तुलनामा विद्यालयको शिविरमा ६० प्रतिशतभन्दा बढीको आँखा परीक्षण गरिएको छ। घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षमा २८ हजार ७६४ जना विद्यार्थीको मात्र आँखा परीक्षण गरिएको थियो। सेकेन्डरी आँखा अस्पतालबाहेक अन्य सबै निकायमा अघिल्लो वर्षको तुलनामा धेरै बिरामीलाई सेवा दिइएको छ।

    गत आर्थिक वर्षमा ११ हजार ६३९ जनाको आँखाको शल्यक्रिया गरिएको छ। अघिल्लो आर्थिक वर्षमा भने ११ हजार ३२३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो।

    नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठ आँखा उपचारमा भरतपुर आँखा अस्पतालले दिएको विशिष्टीकृत सेवाका कारण बिरामीको आकर्षण बढेको बताउँछन्। गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालको टोली निरन्तर लागिपरेको उनको भनाइ छ।

    भरतपुर आँखा अस्पताल मातहत कावासोती र पर्साको ठोरीमा सेकेन्डरी अस्पताल तथा चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर सञ्चालनमा रहेका छन्। भरतपुरको ओरालोमा सिटी क्लिनिक छ भने १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा सञ्चालित छन्। सङ्घले सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा पनि नयाँ उपचार केन्द्र सुरु गर्ने तयारी गरेको छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार
    ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व
    गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
    • यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते
    • कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
    • ढोरपाटन आवातजावतमा सास्ती
    • बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.