सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीगज नियन्त्रणमा


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार १३:२८ 
  • चितवन, ५ साउन । माडीगजलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ । माडीगज हात्तीको नाम हो ।

    चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो ।

    प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर शरीरमा झुम्म पर्ने औषधि सुईबाट शरीरमा पठाएर नियन्त्रणमा लिइएको हो । तेह्र वर्षको उक्त हात्तीलाई हाल लामिचौर पोष्टमा राखिएको छ । माउतेले थप स्याहार गरेर पूर्ववत् अवस्थामा फर्काएपछि हात्तीलाई गिदेनी पोष्ट लगिने छ ।

    गैँडा, बाघजस्ता जनावरवाट तर्सने र मात लागेर हात्ती भाग्ने गर्दछन् । त्यसरी भागेका हात्तीलाई राम्रो हेरचाह गरेर केही दिनमा पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ । निकुञ्जमा ५३ वटा ठूला र तीन वटा बच्चा हात्ती रहेका छन् । ती हात्तीले निकुञ्ज सुरक्षामा सघाउने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार
    ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व
    गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
    • यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते
    • कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
    • ढोरपाटन आवातजावतमा सास्ती
    • बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.