सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी दुर्घटनामा कमी


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार ११:११ 
  • चितवन, ५ साउन । जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए । अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको सङ्ख्या घटेको छ ।

    ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन् । यस अवधिमा पूर्व पश्चिम लोकमार्गमा १३७ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २१४ जना घाइते भएका छन् । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ४८ दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए । पृथ्वी राजमार्गअन्तर्गत २२ सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । ६२ जना घाइते भएका थिए ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सहरी सडकखण्डमा ५५ दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा ७३ घाइते भएका थिए । अन्य भित्री सडकमा २८३ दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो भने ४७० घाइते भएका थिए । गत आवमा ९७गम्भीर घाइते र ९०२ जना सामान्य घाईते भएको उहाँले बताउनुभयो ।

    आव २०८१÷०८२ मा जिल्लाका विभिन्न सडकमा भएको सवारी दुर्घटनामा १२० जनाको ज्यान गएको थियो । सवारी दुर्घटना पनि कमी आएको छ । सो आवमा एक हजार ५० वटा दुर्घटनामा परी एक हजार ८७७ जना घाइते भएका थिए । यसमध्ये १७२ जना गम्भीर घाइते भएका थिए । गत आवमा भएका दुर्घटनामध्ये तीव्र गतिका कारण धेरै भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३८ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको छ भने २२ प्रतिशत दुर्घटना चालकको लापर्वाहीका कारण भएको देखिन्छ । यस्तै १७ प्रतिशत (रोड युजर) बाटोका कारणले भएको उहाँले बताउनुभयो ।

    जिल्लामा भएका दुर्घटनामा बढी सङ्ख्यामा दुई पाङ्ग्रे सवारीसाधन परेका छन् । दुई पाङ्ग्रे सवारीसाधनबाट दुर्घटना हुँदा ५२ जनाको मृत्यु भएको छ । अठार जना पैदलयात्रीको सवारीले ठक्कर दिएर मृत्यु भएको छ । यस्तै जीप, कारको ठक्करबाट आठ जना, टेम्पो दुर्घटनाबाट आठ जना, शारीरिक शक्तिबाट चल्ने सात वटा, बस दुर्घटनामा पाँच जना, ट्रक, ट्याङ्कर दुर्घटनाबाट तीन माइक्रो दुर्घटनाबाट एक र पहिचान नखुलेका सवारीसाधनबाट तीन जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    कार्यालयको तथ्याङ्कअनुसार गत आवमा तीव्र गतिका कारण २०९ दुर्घटना भएको छ । चालकको लापर्वाहीले १२१ दुर्घटना भएका छन् । यस्तै यात्रुका कारण ९७, मादक पदार्थ सेवन गरेर ३५, ‘ओभरटेक’ गर्ने क्रममा २८, सडकका कारण ३५, यान्त्रिक समस्याका कारण आठ, मौसमका कारण छ, पशुचौपायका कारण तीन र अन्न्य कारणले तीन सवारी दुर्घटना भएको छ । प्रमुख थापाका अनुसार जिल्लामा भएका दुर्घटना साँझ र रातको समयमा बढी भएको छ । गत आवमा साँझ ६ बजेदेखि राति १२ बजेसम्मको समयमा २१४ वटा दुर्घटना भएको छ । यस्तै दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म १५६, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १२४ र राति १२ बजे पछि ६ बजेसम्म ५१ वटा दुर्घटना भएका छन् ।

    कार्यालयले एक वर्षमा १० हजार ८० सवारी चालकलाई कारबाही गरेको छ । यसमध्ये एक हजार ३७९ जना मादक पदार्थ सेवन गरेका र एक सय जना लागुऔषध सेवन गरेका हुन् । अन्य ट्रफिक नियम पालना नगर्नेहरु रहेका छन् । उनीहरुबाट रु एक करोड ७५ लाख ७७ हजार ५०३ राजस्व सङ्कलन गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार
    ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व
    गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
    • यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते
    • कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
    • ढोरपाटन आवातजावतमा सास्ती
    • बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.