सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव


  •    न्युजभित्तो/४ श्रावण २०८३, सोमबार १३:११ 
  • चितवन, ४ साउन । बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरुले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो ।

    अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति सङ्घ भरतपुरबाट सञ्चालित भरतपुर आँखा अस्पतालसहित मातहतका सेकेण्डेरी अस्पताल, सर्जिकल सेन्टर र उपचार केन्द्रमा आउने बिरामीमा समस्या देखिएको बताउनुभयो । दैनिक एक हजार ५०० हाराहारी बिरामी बहिरङ्ग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरुमा आउने गर्दछन् । मुख्य रुपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन् । यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ । हिलो छिरेको आँखालाई मिचे पछि नानिमा सङ्क्रमण भएर बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।

    असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन् । डा श्रेष्ठले भन्नुभयो, “आँखामा हिलो परेपछि आफैँ औषधि किनेर प्रयोग गर्दा थप समस्या हुने गरेको छ ।” आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभयो । आफू खुसी औषधि प्रयोग गरेका कारण पाँच प्रतिशत हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँले बताउनुभयो ।
    नेपाल नेत्रज्योति सङ्घ चितवनको मुख्य अस्पताल भरतपुरमा रहेको छ । कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वर पुरमा सर्जिकल सेन्टर छ भने भरतपुरको ओरालोमा सिटी क्लिनिक छ । तीबाहेक १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा छन् । सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारीमा छ । उहाँले सङ्घ मातहतका वा अन्य आँखा उपचार गर्ने केन्द्र वा अस्पतालमा आँखा देखाएर मात्र औषधि प्रयोग गर्न सुझाव दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.