सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन


  •    न्युजभित्तो/३ श्रावण २०८३, आईतवार १५:५२ 
  • चितवन, ३ साउन । चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनःनियमित रूपमा सुरु गरिएको छ । सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो ।

    अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स-रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो । उक्त उपकरण खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स-रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

    सेवा अवरुद्ध रहेकै अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले गत असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय गरी सिटी स्क्यान सेवालाई निरन्तरता दिँदै आएको थियो । अस्पतालका अनुसार दैनिक करिब ५० जना बिरामीले सिटी स्क्यान सेवा लिने गरेका छन् ।

    यसैबीच, अस्पतालले दूरबिन (ल्यापारोस्कोपिक) तथा चिरफार (ओपन) विधिबाट गरिने पित्तथैली निकाल्ने शल्यक्रिया (कोलेसिस्टेक्टोमी) को पालो व्यवस्थापनमा पनि परिवर्तन गरेको छ । अस्पतालका प्रवक्ता एवं सहप्राध्यापक डा रामप्रसाद सापकोटाका अनुसार तोकिएको समयभन्दा अगावै शल्यक्रिया सम्पन्न गराउने उद्देश्यले शल्यक्रियाको तालिका हेरफेर गरिएको हो । 

    विसं २०८३ को माघ महिनाभन्दा पछाडिको मितिमा शल्यक्रियाको पालो पाएका सेवाग्राही तथा बिरामीलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । उहाँले अस्पतालसँग सम्पर्क गरी नयाँ शल्यक्रियाको मिति सुनिश्चित गर्न सम्बन्धित बिरामीलाई आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.