सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु


  •    न्युजभित्तो/३२ असार २०८३, बिहीबार १५:३० 
  • चितवन, ३२ असार । चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

    सङ्क्रमितमध्ये २१६ जना चितवन र बाँकी ५८ जना अन्य जिल्लाका रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा डेङ्गु देखिएको उनले बताए ।

    भरतपुर महानगरपालिकाका ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकाका २१ जना, कालिका नगरपालिकाका ११ जना, माडी नगरपालिकाका तीन जना र इच्छाकामना गाउँपालिकाका तीन जनामा डेङ्गुको सङ्क्रमण देखियो ।

    गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । १७ हजार ३५३ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु देखिएको केसीले बताए । सो आर्थिक वर्षमा डेङ्गुका कारण एक जनाको मृत्यु भएको थियो ।

    वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गरेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्ने चिकित्सक बताउँछन् । उक्त लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने केसीले जानकारी दिए ।

    उक्त लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने उनको भनाइ छ ।

    डेङ्गु लागेपछि आँखाको गेडी तथा टाउको, शरीर, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने तथा शरीरमा बिबिरा आउने रक्तस्राव हुने र उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ ।

    वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्छ । डेङ्गु ज्वरोबाट बच्नु लामखुट्टेको टोकाइबाट जोगिन पर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
    आलेख: आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
    महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
    • चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु
    • बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
    • जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
    • धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.