सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिसी क्यामेराको निगरानीमा भरतपुर


  •    न्युजभित्तो/३२ असार २०८३, बिहीबार १२:१३ 
  • चितवन, ३२ असार । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ ।

    महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा जडान गरिएको छ ।

    एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो ।

    महानगरले पहिलोपटक आह्वान गरेको बोलपत्र प्राविधिक मूल्याङ्कनमा असफल भएपछि पुनः बोलपत्रमार्फत क्यामेरा जडान गरिएको जनाएको छ । जडान गरिएका क्यामेरामध्ये आठ वटा गति मापन गर्ने र चार वटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन् । त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौ वटा छन् ।

    गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन् । मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ । 

    प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको हो । साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ । 

    महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक रु ४७ लाख भुक्तानी गर्ने गरी सम्झौता गरिएको छ ।

    सिसी क्यामेराको मनिटर जिल्ला प्रहरी कार्यालयमा रहेको छ । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्तिसुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ ।  महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
    आलेख: आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
    महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
    • चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु
    • बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
    • जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
    • धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.