सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा अनलाइन प्रणालीबाट मल वितरण


  •    न्युजभित्तो/३२ असार २०८३, बिहीबार ११:१० 
  • नारायणगढ (चितवन), ३२ असार । धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ ।

    कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ ।

    शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी २०१.८०० मेट्रिक टन र पोटास ९९.१७५ मेट्रिक टन बिक्री भएको छ ।

    उहाँले जिल्लाका २७८ सूचीकृत सहकारी मार्फत अनलाइन प्रणालीबाट मल वितरण भइरहेको जानकारी दिँदै यसले वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनुभयो । प्रमुख बगालेले भन्नुभयो, “वितरण प्रणाली अनलाइन गरिएपछि काम निकै सहज भएको छ । कुन सहकारीले कति मल बिक्री ग¥यो र कति मौजाद बाँकी छ भन्ने सबै विवरण प्रणालीमा स्पष्ट देखिन्छ । कसैले पनि अनियमितता गर्न सक्दैन र सहकारीहरूले दैनिक रूपमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।”

    कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी मल भरतपुर महानगरपालिकामा बिक्री भएको छ । भरतपुरमा २३९।१५० मेट्रिक टन युरिया, १९७.०५० मेट्रिक टन डिएपी र २२.२२५ मेट्रिक टन पोटास वितरण गरिएको छ ।

    त्यसैगरी माडी नगरपालिकामा ११५.००० मेट्रिक टन युरिया र ९.५०० मेट्रिक टन पोटास, खैरहनी नगरपालिकामा ९०.१०० मेट्रिक टन युरिया र १९.१०० मेट्रिक टन पोटास, रत्ननगर नगरपालिकामा ७३.९५० मेट्रिक टन युरिया र २४.१०० मेट्रिक टन पोटास, राप्ती नगरपालिकामा ६४.३०० मेट्रिक टन युरिया, ०.७०० मेट्रिक टन डिएपी र १०.२५० मेट्रिक टन पोटास, कालिका नगरपालिकामा ४९.००० मेट्रिक टन युरिया र १४.००० मेट्रिक टन पोटास तथा इच्छाकामना गाउँपालिकामा २८.५०० मेट्रिक टन युरिया बिक्री भएको कम्पनीले जनाएको छ ।

    आपत्कालीन वा विशेष आवश्यकताका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट ८.२०० मेट्रिक टन युरिया र ४.०५० मेट्रिक टन डिएपी वितरण गरिएको प्रमुख बगालेले जानकारी दिनुभयो ।

    कम्पनीका अनुसार धान रोपाइँको मुख्य सिजनमा चितवन जिल्लाभर करिब २,५०० देखि ३,००० मेट्रिक टन रासायनिक मलको माग रहने अनुमान गरिएको छ । त्यसअनुसार आवश्यक मौज्दात व्यवस्थापन गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
    आलेख: आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
    महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
    • चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु
    • बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
    • जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
    • धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.