सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’


  •    /२१ बैशाख २०७६, शनिबार ०८:२८ 
  • धुर्वसागर शर्मा / रासस
    गलेश्वर (म्याग्दी)

    ‘मनमा दुःखको सागर उर्लिएकै भए पनि
    छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि ।
    सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा
    छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’

    शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए ।

    मातातीर्थ औँसीअर्थात् ‘आमाको मुख हेर्ने दिन’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १४ छात्र–छात्राले आमाको महिमा, आमाका दुःख कष्ट र सन्तानका लागि आमाले गर्ने त्याग र महानताका कविता सुनाएका थिए ।

    ‘आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु
    आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु ।’

    कक्षा १० का छात्र रोहित थापाले ‘आमा’ शीर्षकको यो कविता वाचन गर्दा विद्यार्थी मात्रै होइन शिक्षक÷शिक्षिकासमेत दङ्ग परे । सबैको एउटै कामना थियो सबै छोराछोरीको बिहे पछि र कमाउने भएपछि पनि आमा बाबाप्रति यस्तै भावना, विचार र व्यवहार भैदिए हाम्रो समाजमा वृद्धावस्थामा कोही पनि आमाबाबा निराश हुनुपर्ने थिएन । कही कतै वृद्धाश्रम बनाउनुपर्ने पनि थिएन ।

    तर, कवितामा पोखिएका भाव र विचार व्यवहारमा भने लागू गर्न नसक्दा आफ्नै सन्तानबाट उपेक्षित बनेर सहाराविहीन भएका आमा आज वृद्धाश्रममा भेटिने गर्दछन् । प्राण जतिकै माया ममता दिएर हुर्काएका सन्तानले जब बूढेसकाल वा अशक्त अवस्थामा अपहेलना गर्छन् त्यति बेला जुनसुकै आमाको मन पनि कुडिने कुरा छात्रा काजल केसीले आफ्ना कविताका हरफमा यसरी व्यक्त गर्नुभयो–

    वृद्धाश्रम बने किन रु सन्तान हो, भन्न सक्दछौँ रु
    आफ्नै आमालाई हेला, सन्तान हो किन गर्दछौँ रु
    बूढेसकालको व्यथा तिमीले पनि भोग्ने छाँै
    त्यति बेला अनि तिमी आमाको दुःख देख्ने छौँ ।।

    काजलका कविताको यो हरफमा व्यक्त भएका शब्दसँग नेपाली समाजको यथार्थता मेल खाएको शिक्षक वीरबहादुर गुरुङले बताउनुभयो । “आफ्नै आमाबाबाप्रति असहिष्णु बन्ने व्यक्ति समाज र देशका लागि सहिष्णु र जिम्मेवार बन्नै सक्दैन”, गुरुङले भन्नुभयो । छोराछोरीको रेखदेख र स्याहारसुसारमा बूढ्यौली जीवन कटाउने अपेक्षामा रहेका आमाले सबैभन्दा दुःखको अनुभूति त्यतिबेला गर्छन्, जतिबेला आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ ।

    मातापितालाई देवतासरह मान्नुपर्छ भन्ने संस्कार सिकाउने हाम्रो आदर्श वाक्य रहे पनि त्यो व्यवहारमा भने लागू हुन नसकेको ८४ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । विद्यार्थीले कवितामा व्यक्त गरेका भाव र विचार वयस्क मानिसले व्यवहारमा उतार्ने हो भने संसारका कुनै पनि आमाले दुःख पाउनु नपर्ने र आफ्ना सन्तानप्रति कुनै गुनासा नआउने शिक्षक प्रेम शाही ‘समुन्द्री’ले बताउनुभयो ।

    कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भावना शेरबुजाले आमाको तुलना संसारका कुनै चिजसँग गर्न नसकिने बताउँदै आफूलाई मनपर्ने कविताको हरफ सुनाउनुभयो –

    ‘संसारमै छ सबै चिज, खोजे मिल्छ घरी घरी
    तर जन्म दिने आमा पाइँदैन कसै गरी ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.