सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सभाबाट बिदा भए अर्थमन्त्री खतिवडासहित १८ सांसद


  •    न्युजभित्तो/२० फाल्गुन २०७६, मंगलवार १४:२६ 
  • काठमाडौं । राष्ट्रियसभाको दुई बर्षे कार्यकाल पूरा भएका अर्थमन्त्री डा. युवराज खतिवडासहित १८ जना सांसद राष्ट्रिय सभाबाट आजदेखि बिदा हुनुभएको छ । राष्ट्रपतिबाट मनोनित खतिवडा र निर्वाचित १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बिदा हुनुभएको हो ।

    दुईवर्षे कार्यकाल सकिनेमा राष्ट्रपतिबाट मनोनित खतिवडासहित नेकपाका ९, कांग्रेसका ६, राजपाका २ र समाजवादीका १ जना सांसद रहनुभएको छ । दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहनुभएको छ ।

    कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिएको छ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएको छ ।

    राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । गोलप्रथामा ८ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा पर्नुभएको थियो ।

    दुईवर्षे कार्यकाल भएका कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भइसकेकाले १८ जना राष्ट्रिय सभाबाट औपचारिक रुपमा बिदा हुनुभएको हो । यद्यपी राष्ट्रिय सभामा रिक्त रहेका सांसदको संख्या भने १९ हो ।

    १८ जना सांसदको रिक्त रहेको ठाउँमा निर्वाचित राष्ट्रियसभा सदस्यको आजै सपथग्रहण हुँदैछ । माघ ९ गते सात वटै प्रदेशबाट चुनिएका नेकपाका १६ र राजपाका २ जना सांसद्को आज सपथ हुन लागेको हो ।

    डा. युवराज खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन । वामदेव गौतमको नाम सिफारिस गर्न नेकपा सचिवालयले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले नमान्ने बताउनुभएको थियो । खतिवडा वा बामदेव गौतमको नाम सिफारिस नहुँदै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएपछि राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभाको सदस्यमा भने अन्यौलता छाएको छ ।

    मन्त्रीपरिषद्ले भित्रिरुपमा नाम सिफारिस नै गरेको भए पनि अहिलेसम्म नाम सार्वजनिक भएको छैन । यद्यपी खतिवडा राष्ट्रपतिबाट मनोनित भए पनि नभएपनि प्रधानमन्त्रीले चाहेमा संबैधानिक व्यवस्था अनुसार अरु ६ महिनाका लागि मन्त्री पदमा वहालै रहन सक्नुहुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.