सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन


  •    न्युजभित्तो/१० असार २०८३, बुधबार ११:४४ 
  • जुम्ला, १० असार । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११  महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमध्ये वन क्षेत्रको रोयल्टीमार्फत र ९३ हजार ४००, बेरुजुबाट रु चार लाख ७५ हजार ५८१, अन्य प्रशासनिक सेवाशुल्कबापत रु नौ हजार १७५ र अन्य आयमार्फत रु ५९ लाख ६३ हजार १५० राजस्व सङ्कलन भएको वन अधिकृत तेजेन्द्र रावलले जानकारी दिनुभयो । कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा वन अवरोध नियन्त्रणमा काम गर्दै आएको छ ।

    वन डढेलो नियन्त्रण नौ पटक, स्वचालित हाते आरा सूचीकृत एक वटा, फर्निचर उद्योग अनुगमन नियमन ३३ पटक र सामुदायिक वन कार्ययोजना नवीकरण सङ्ख्या १९ रहेको वन अधिकृत रावलले जानकारी दिनुभयो । 

    सोही अवधिमा करिब जिल्लाबाट ३१ लाख एक हजार ८१३ किलो जडीबुटी निकासी (छोडपुर्जी) भएको छ । जिल्लाभर पाँच हेक्टर वनक्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ । जिल्लाका आठ स्थानीय तहमा ४६ वनको नयाँ कार्ययोजना बनाएर काम भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

    जिल्लामा सामुदायिक वनको सङ्ख्या २०६ वटा छन् । एक सय २७ कबुलियती र छ वटा निजी वन रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.