सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन


  •    न्युजभित्तो/९ असार २०८३, मंगलवार १७:१० 
  • चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिनुभएको छ । महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताउनुभयो । 

    सभापति लामिछानेले भन्नुभयो, “हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन । फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।” महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “५२ लाख जनताले विवेक प्रयोग गरेर हामीलाई जिताउनुभयो, त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्छ ।”

    प्रतिनिधि चयन गर्दा विवेकपूर्वक गरिएको उहाँको भनाइ थियो । प्रतिनिधिहरूले तिरेको रु पाँच हजार ऐच्छिक बनाइएको भन्दै उहाँले त्यही पाँच हजार आवश्यक परे फिर्ता लैजान सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “तपाईंले तिरेको रु पाँच हजार चाहेमा फिर्ता लिन सक्नुहुने छ । यति दिन बस्दा खर्च धेरै भएको छ, सक्नेले आफ्ना साथीको तिरिदिन्छु भन्नुभयो भने राम्रो हुन्छ ।”

    महाधिवेशन निर्वाचनको सन्दर्भमा उहाँले जसले जिते पनि घण्टीबाहकले जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा जसले जिते पनि घण्टीबाहक जित्छ । म कसैको पक्षमा  छैन ।” सभापति लामिछानेले थप भन्नुभयो, “तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो । यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।”

    सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो । उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पुराना र नयाँ सबै साथीलाई आफ्नो योग्यता र क्षमताअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको छ ।” पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको भन्दै उहाँले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ ले चल्ने पार्टी हो ।”

    पार्टीभित्र हुने सामान्य असन्तुष्टि र मनमुटावलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराउनुभयो । रास्वपा आफ्ना सबै मतभेद अन्त्य गर्न सक्ने पार्टी भएको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उहाँले विना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो ।

    बन्दसत्रको उद्घाटन मन्तव्य पार्टी सभापति लामिछानेले दिएपछि बन्दसत्रका औपचारिक कार्यक्रमहरू सुरु भएका छन् । आजै बन्दसत्र सम्पन्न गरेर निर्वाचनका कार्यक्रम अघि बढाउने तयारी छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.