सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’


  •    न्युजभित्तो/१६ फाल्गुन २०७६, शुक्रबार १३:४९ 
  • चितवन । पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित भएको छ । सामाजिक यथार्थवादी विषयवस्तु समेटेर तयार पारिएको पराजुलीको कथासङ्ग्रहलाई भूँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो । अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो । “हामी एक हप्ताभित्रै बजारमा ल्याउने गरी गृहकार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    ‘कुमाता’मा सङ्ग्रहित दश कथा फरकफरक विषयवस्तुका छन् । कथाले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरेको कथाकार पराजुलीले जानकारी दिनुभयो । “कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छरछिमेक र समाजमा भएका घटनाजस्ता लाग्छन्, त्यसैले यो सङ्ग्रहभित्रको कथा हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भन्नुभयो । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।

    वरिष्ठ सहित्यकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथासङ्ग्रहमा भूमिका लेख्दै मानवीय जीवनका महत्वपूर्ण पाटालाई गतिलोसँग केलाउन कथाकार सक्षम देखिएको बताउनुभएको छ । उहाँ लेख्नुहुन्छ, “अधिकांश कथामा पुरुष वैदेशिक रोजगारीमा गएको, विश्वासघात गरेको देखाइएको छ भने नारी पात्रले छिटो विश्वास गर्ने गरेको, धोका पाएको र यौनकुण्ठा देखाइएका छन् ।” विषयवस्तु र परिवेशलाई सहज एवं सम्प्रेषणीय बनाइएकाले पराजुलीको उक्त सङ्ग्रह आधुनिक नेपाली कथा क्षेत्रमा नयाँ गोरेटो बनेको उहाँले बताउनुभयो ।

    कूल १० कथा र ११२ पृष्ठको उक्त सङ्ग्रहको मूल्य दुई सय रुपैयाँ रहेको छ । पराजुली झण्डै दुई दशकदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.