सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभामा युवराज खतिवडाको नाम सिफारिश भइसकेको छ : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/१५ फाल्गुन २०७६, बिहीबार ०९:०८ 
  • काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालयले निर्णय लिनुअघि नै राष्ट्रियसभामा मनोनीतका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको नाम सिफारिश भइसकेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले सचिवालयका सवै नेताहरुलाई राष्ट्रपतिबाट मनोनीति हुने राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषदले खतिवडालाई सिफारिश गरिसकेको जानकारी दिनुभएको हो ।

    ‘सचिवालयको निर्णय ढिला भयो, राष्ट्रियसभामा मनोनीतका लागि डा. युवराज खतिवडाको नाम सिफारिश भइसकेको छ, निर्णय भइसकेको नाम परिवर्तन हुन्न,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक नेताले भने । ती नेताका अनुसार राष्ट्रियसभा चुनावपछि मन्त्रिपरिषदले राष्ट्रपतिबाट मनोनीतिका लागि खतिवडाको नाम सिफारिश गरिएको जानकारी प्रधानमन्त्री ओलीले गराउनु भएको छ ।

    सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई सो कोटामा पठाउने निर्णय गरेपछि उहाँलाई राष्ट्रियसभामा लैजाने तर मनोनीतिका लागि भने खतिवडाको नाम गइसकेको बताउनु भएको हो । अर्थमन्त्री खतिवडाको पहिलो कार्यकाल फागुन २० गते सकिदैछ । राष्ट्रपति समक्ष नियुक्तिका लागि सिफारिस गरेपछि खतिवडालाई सरकारको प्रवक्ता तोक्ने निर्णय भएको हो । सो विषय बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवम प्रधानमन्त्री ओलीले जानकारी गराउनु भएको हो ।

    उहाँले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको सहमति अनुसार आफुले नाम सिफारिस गरेको बताउनु भएको थियो । सरकारका काममा अर्का अध्यक्षले हस्तक्षेप नगर्ने र कार्यकारी अध्यक्षको अधिकार प्रचण्डलाई दिने पूर्वसहमति अनुसार आफुले निर्णय गराएको बैठकमा जानकारी गराउनु भएको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

    अध्यक्ष ओलीले सो निर्णय सुनाएलगत्तै प्रचण्ड लगायतका नेताले उपाध्यक्ष बामदेव गौतमलाई पठाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्रीले पूर्वसहमति अनुसार नै आफुले निर्णय लिएकाले अर्को पटकको सिफारिसमा वा निर्वाचनमा बामदेवलाई राष्ट्रिय सभामा लैजाने जानकारी गराउनु भएको थियो । सोहीअनुसार बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय मात्र भएको बताइएको छ । तर, कहिले सिफारिस गर्ने भनेर निर्णय नभएको एक सचिवालय सदस्यले जानकारी दिए । जनताटाइम्सबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.