सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय, भत्कियो संविधान संशोधन कार्यदल


  •    न्युजभित्तो/१४ फाल्गुन २०७६, बुधबार २०:३३ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने सदस्य पदका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने तीन सदस्यमध्ये मनोनीत हुनुभएका अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि यही फागुन २१ गते सकिँदै छ ।

    प्रवक्ता श्रेष्ठले संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले कार्यदल बनाए पनि कार्यदल अहिले नरहेको र त्यो क्रियाशील नहुने जानकारी पनि दिनुभयो । ‘‘यसअघि बसेको सचिवालय बैठकमा त्यसप्रकारको कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा समझदारी बने पनि संविधान संशोधन आवश्यकतानुसार हुँदै जान सक्ने संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर अहिल्यै नै संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य आजको बैठकले देखेन । त्यसकारण अब कार्यदल छैन ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.