सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीमान्को हत्या अभियोगमा श्रीमती पक्राउ


  •    न्युजभित्तो/११ फाल्गुन २०७६, आईतवार २१:३५ 
  • दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

    पक्राउ परेकी कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट आज म्याद थप गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो । गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई फागुन ८ गते पक्राउ गरिएको थियो ।

    गत माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । श्रीमान् मृत अवस्थामा फेला परेका भन्दै श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् ।

    प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमान्लाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो । निरीक्षक सुवेदीका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.