निवर्तमान मन्त्री बाँस्कोटाबारे बोल्नु नपर्ने नेकपाको निष्कर्श
न्युजभित्तो/११ फाल्गुन २०७६, आईतवार ०७:५३
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकमा एमसीसीबारे अध्ययन गर्न गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो ।
माघ १५ देखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटीको बैठकले पार्टीका वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले प्रतिवेदन तयार गरी पार्टीलाई बुझाएको हो । सोही प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बसेको थियो ।
बैठकमा कार्यदलका संयोजक खनालले एमसीसीको विषयमा अध्ययन गरेको प्रतिवेदनबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । बैठकमा एमसीसीबारे गम्भीर छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको सचिवालय सदस्य वामदेव गौतमले बताउनुभयो।
नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले सचिवालय सदस्य खनाल नेतृत्वको कार्यदलले पेस गरेको प्रतिवेदनमाथि हरेक कोणबाट छलफल भएको र आगामी बैठकबाट त्यसको टुङ्गो लगाउने सहमति भएको बताउनुभयो।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि लागेको आरोप विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकायले अध्ययन गरिरहेको हुनाले यसबारे पार्टीले बोल्नु नपर्ने पनि सहमति भएको थापाले बताउनुभयो । गोरखापत्र दैनिकबाट