सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती


  •    न्युजभित्तो/३ जेष्ठ २०८३, आईतवार १५:५२ 
  • म्याग्दी, ३ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताउनुभयो । 

    छ वर्ष सरकारी जागिर गरेपछि सात वर्ष इराकमा बिताउनुभएका उहाँले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गर्नुभएको थियो । अहिले घर फर्किएर रु दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको बताउनुभयो । “अहिले स्याउखेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु”, उहाँले भन्नुभयो ।

    गाजने समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा छ । पौडेलका अनुसार भारतको हिमाञ्चलबाट ‘रेड डेलिसियस’, गाला, ‘जोनाप्रिन्स’, ‘चकलेटी’ जातका स्याउका कलमी बिरुवा ल्याएर गत मङ्सिर मा रोप्नुभएको थियो । कलमी बिरुवा भएकाले केही बोटमा यसपालीनै फल लागेको छ । गाजने र धवलागिरी गाउँपालिकाको गुर्जामा घरायसी उपभोगका लागि स्याउ उत्पादन भएपनि व्यावसायिक रुपमा भने पहिलो पटक सुरु गरिएको हो । 

    बगैँचामा झारपात उम्रन नदिनका लागि प्लास्टिकको छापो हालेर ‘मल्चिङ’ गरिएको छ । स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो । करिब तीन रोपनी पाखोबारी बाँझो थियो । 

    चार वर्ष हुलाकमा काम गर्नुभएका ५१ वर्षीय पौडेलले रोजगारीका सिलसिलामा करिब छ वर्ष रुकुममा सहायक लेखापालका रुपमा काम गर्नुभएको थियो । 

    “तलबभत्ताले आफु मात्रै पालिने अवस्था आएपछि सहायक लेखापालको स्थायी जागिर छाडेर इराक गएँ । त्यहाँ छ वर्ष काम गरे,” उहाँले भन्नुभयो । केही समय मासु पसल र केही समय शैक्षिक परामर्श सञ्चालन गर्नुभएका उहाँले २०७७ सालमा रु २५ लाख लगानी गरेर बोयर जातको बाख्रा पालन गर्नुभएको थियो । तर अपेक्षाकृत रुपमा सफलता हात नपरेपछि उहाँले केही समय भेडापालन पनि गर्नुभयो । पछिल्लो समय पोखरामा रेष्टुरेष्ट व्यवसाय गरिरहेका छोरा प्रविनको योजना अनुसार आफूले स्याउ खेती सुरु गरेको उहाँको भनाइ छ । उहाँले स्याउ खेतीका साथै २५ वटा भेडा, दुई वटा भैसी र एउटा गाई पनि पाल्नुभएको छ भने एक जनालाई नियमित जागिर पनि दिनुभएको छ । 

    कृषि पर्यटनको अवधारणा 

    गाजनेमा रहेको धार्मिक र ऐतिहाँसिक स्थल जगन्नाथ मन्दिर दर्शन तथा गुफाको डाँडाबाट दृष्य अवलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर स्याउ बारीसँगै ‘होमस्टे’ सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । मन्दिर दर्शनका लागि आएका भक्तजन र गुफाडाँडा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी कृषि पर्यटनको अवधारणामा आगामी दसैँदेखि होमस्टे सञ्चालनको लक्ष्य रहेको उहाँको भनाइ छ । 

    यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी हिमाल, म्याग्दी, पर्वत र बागलुङका बस्तीह देख्न सकिन्छ । तत्कालीन बाइसे चौबिसेअन्र्तगत पर्वत राजको ग्रिमकालीन दरबार रहेको ढोलथान पनि गाजनेको नजिकै पर्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.