सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा


  •    न्युजभित्तो/३ जेष्ठ २०८३, आईतवार १३:२५ 
  • काठमाडौँ, ३ जेठ । कवि सुशान्त विकद्वारा रचित दलित समुदायको भोगाइ समेटिएको अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आएको छ ।

    भारतको बुक प्रेसले हालै प्रकाशन गरेको उक्त कविता सङ्ग्रह बजारमा आएको हो । ‘एमेजोन अनलाइन पोर्टल’मा राखिएको विकका १०८ पृष्ठको उक्त सङ्ग्रहमा ६२ वटा कविता छन् ।

    गुलरियाका विकले लामो समयदेखि अङ्ग्रेजीमा कविता रचना गर्दै आउनुभएको छ । अङ्ग्रेजी भाषामा तुलनात्मक रूपमा कम मात्रामा रचना कोरिने गरिन्छ । उहाँका कविता र लेखहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्ग्रह, पत्रपत्रिका र ‘अनलाइन’ माध्यमहरूमा प्रकाशित भइसकेका छन् । ‘प्यान्डामिक पोयट्री’, ‘हाइपरपोयम’, र ड्युयट्स अफ प्लुरल डुओ—लर्स’ नामक अन्तरराष्ट्रिय कविता सङ्ग्रहमा उहाँले लेख्नुभएका कविताहरू पनि समावेश गरिएका छन् ।  

    विक कवितालाई मौन आवाजहरूको प्रतिबिम्बका रूपमा लिने गरेको बताउनुहुन्छ । त्यसैले उहाँले आफ्न सिर्जनामा मौन र उपेक्षितहरूको आवाज उजागर गर्ने प्रयत्न गरेको सुनाउनुभयो । “दलित समुदायले भोग्नुपरेको सामाजिक यथार्थ यस पुस्तकमा चित्रित गरिएको छ र यसको समग्र सन्देश पुनर्जागरण तथा रूपान्तरण हो”, विकले भन्नुभयो ।

    कवि विकले आफ्ना रचनामा राज्यले दलित समुदायमाथि थोपरेको विभेद र त्यसको चपेटामा उक्त समुदायले भोग्नु परेको परिणामलाई मानवीय संवेदनाको दृष्टि राखेर कविता रचेको बताउनुभयो । सरकारले नीति र संरचना बनाएर दलितमाथि अपमाजनक व्यवहार गरेकामा कवितामार्फत उहाँले आलोचना गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मेरो कविताले सीमान्तकृत समुदायको पीडा उजागर गर्नाका साथै सामाजिक न्यायको पक्षमा समेत वकालत गरेको छ ।” उहाँले समाजको बेथितिलाई रचनात्मक ढङ्गले निरुत्साहित गर्न कविता सुन्दर माध्यम हुने गरेको धारणा राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
    • मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
    • सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.