सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज


  •    न्युजभित्तो/१ जेष्ठ २०८३, शुक्रबार ११:२१ 
  • नेपालगञ्ज, १ जेठ । पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् ।

    साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन्भने हरियालीले नगरको शोभा बढाएको छ । रातानीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । ‘क्लिीन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’का अध्यक्ष विनोद कर्ण पूर्वाधार विकाससँगै हरियाली थपिएकामा दङ्ग हुनुहुन्छ ।

    हरियाली विस्तार अझै आवश्यक भएको उहाँ बताउनुहुन्छ । सुर्खेतरोड, न्यूरोड, भानुचोक र गणेशमान चोकलगायत क्षेत्रमा लगाइएका गुलमोहर तथा बेगमबेलीले नगरको चमकमात्र बढाएका छैनन् अपितु यिनले पानीका स्रोत जोगाउनका साथै पर्यावरणीय सन्तुलन कायम गर्न सघाएका छन् ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट अत्यधिक गर्मीका लागि परिचित नेपालगञ्जमा हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताउनुहुन्छ । “हामीले ‘हिट वेभ’ व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरिरहेका छौँ । यसका साथै हरियाली प्रवद्र्धनका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ”, उहाँले रासससँग भन्नुभयो । यहाँ घर निर्माण गर्दा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने नीति लागू गरिएको छ ।

    नगरको हरियालीले जलवायु परिवर्तनका असर घटाउनका साथै अक्सिजन उत्पादन तथा प्रदूषण नियन्त्रणमा टेवा पुग्ने भएकाले उपमहानगरपालिकाले पार्क व्यवस्थापनलाई जोड दिएको छ । हालसम्म शीतलचिनीका करिब १५ हजार तथा राक्षवृक्ष, नीमलगायतका करिब तीन हजार बिरुवा रोपिएका छन् ।

    हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा नेपालगञ्जमा अव्यवस्थित रूपमा रहेका रुख तथा बिरुवाको स्थान अहिले व्यवस्थित हरियालीले लिएको बताउनुहुन्छ । मासिएका आँपका बगैँचा र तालतलैयाको परिपूर्ति यहाँका बोटबिरुवाले गरेका उहाँको ठम्म्याइ छ ।

    तत्कालीन ब्रिटिश–इण्डियाबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएपछि प्रधानमन्त्री जङ्गबहादुर राणाले लखनउस्थित हजरतगञ्जको नमुनाका रूपमा नेपालगञ्ज बसाएको अभिलेख पाइन्छ । उहाँले सुब्बा सिद्धिमान राजभण्डारीलाई बस्ती बसाउन खटाएपछि हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ १०८ फिट चौडा सडकको दायाँ–बायाँ घर निर्माण गरिएको अभिलेखमा छ ।

    अहिलेको त्रिभुवन चोकलाई सुरुमा ‘चोकबजार’ भनिन्थ्यो । यही चोकबाट पूर्व–पश्चिम लाइन, इदगाह रोडलगायत क्षेत्रमा पसलकबलसहितका घर निर्माण गरेर नेपालगञ्ज सहर विस्तार गरिएको हो । यहाँको त्रिभुवन चोक नगरको मुख्य केन्द्रका रूपमा परिचित छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.