सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै


  •    न्युजभित्तो/१ जेष्ठ २०८३, शुक्रबार ११:१७ 
  • काठमाडौँ, १ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ ।

    केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्याङ्क अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि सङ्कलन आरम्भ गरेको हो । केन्द्रका निर्देशक माधवप्रसाद पोख्रेलले सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाइसँग सम्बन्धित हालसम्मको तथ्याङ्कको विवरण प्रविष्ट गरी अद्यावधिक गर्न पत्राचार गरिएको जनाउनुभयो ।

    मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुकभर दुई हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय र १७१ अनौपचारिक विद्यालय रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.