सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गता भएकालाई सहायक सामग्री प्रदान


  •    न्युजभित्तो/१ जेष्ठ २०८३, शुक्रबार ११:१२ 
  • खोटाङ, १ जेठ । ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका २१ जनालाई सहज जीवनयापनका लागि विविध सहायक सामग्री वितरण गरिएको छ ।

    अपाङ्गता भएका चार जनालाई ‘ह्विलचियर’, र दश जनालाई ‘ट्वाइलेट चियर’, दुई जनालाई ‘एलकेन’ लौरो, एक जनालाई ‘हेयरिङ एड’, अन्य एक जनालाई ‘मोडिफाइ सुज’ र दुई जनालाई कृत्रिम हात वितरण गरिएको हो ।

    गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत विनियोजन भएको रु तीन लाख बजेटमार्फत विभिन्न प्रकारका सहायक सामग्री खरिद गरेर वितरण गरिएको कार्यक्रम संयोजक भक्तबहादुर राईले राससलाई जानकारी दिनुभयो ।

    ऐसेलुखर्क गाउँपालिकामा गाउँपालिका, कोशी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।

    ऐसेलुखर्क बजारस्थित गाउँपालिकाको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले सामग्री वितरण गर्नुभएको हो । उक्त कार्यालयका अनुसार यो पालिकामा २७७ जना अपाङ्गता भएका व्यक्ति छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.